prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर शवदाह स्थल निर्माणका लागि सहयोगको प्रतिबद्धता
कोहलपुर शवदाह स्थल निर्माणका लागि सहयोगको प्रतिबद्धता
banijya office
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २६, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर शवदाह स्थल निर्माणका लागि सहयोगको प्रतिबद्धता

nepalgunj 081-082

कोहलपुर । कोहलपुर शवदाह स्थल निर्माणका लागि सम्वद्ध सरोकारवालाहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्र कुमार शाहको अध्यक्षतामा सोमवार कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध सरोकारवालाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न तयार रहेको बताए । केएल दुगडका प्रवन्ध निर्देशक वरिष्ठ उद्योगी प्रदीप छाछेडले सामाजिक तथा मानवीय सेवाका निमित्त गरिने काममा आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि तयार रहेको बताए । उनले सामाजिक कार्यमा केएल दुगडले सहयोग गर्दै आएको समेत स्मरण गराए । कोहलपुर मेडिकल कलेजका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले पनि कोहलपुरमा शवदाह स्थल आवश्यक रहेकाले सहयोगको प्रतिबद्धता जनाए । उनले त्यसका निमित्त वोर्ड समितिमा कुरा राखेर मेडिकल कलेजबाट हुन सक्ने सहयोग गरिने विश्वास दिलाए । शवदाहस्थल व्यववस्थापन समितिका संयोजक समेत रहेका कार्यबाहक नगर प्रमुख शाहले सबैको सहयोग र समन्वयबाट शबदाह स्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे । उनले कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नं.११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाह स्थल निर्माणको काम सुरु गरिएको जानकारी दिए । वातावरण प्रभावलाई समेत मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाह स्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको शाहले बताए । शवदाह स्थलबाट कुनै पनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धित असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाह स्थल निर्माण सुरु गरिएको उनको भनाइ छ । यस्तै शवदाह स्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह स्थल निर्माणका लागि अहिलेसम्म ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । उनले एभरेष्ट बैंकले ५० लाख र ग्लोवस बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए । करिव १ करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, नगर प्रहरी प्रमुख वीरबहादुर थापा, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, उद्योगीहरु लगायतको सहभागिता रहेको थियो । 

 

 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP