Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मानव बेचविखनविरुद्ध नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम
मानव बेचविखनविरुद्ध नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ५, २०८१ बागेश्वरी पोस्ट
मानव बेचविखनविरुद्ध नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम

चन्द्रप्रसाद जैसी/नेपालगञ्ज । नेपालगञ्जमा मानव बेचविखनविरुद्ध (एन्टी ह्युमन ट्राफिकिंग) प्रशिक्षण कार्यक्रम गरिएको छ । सहयात्री नेपाल युथ फेलोशिपको आयोजनामा भएको कार्यक्रम मंसिर ४ र ५ गते गरी दुई दिन सञ्चालन गरिएको थियो । पहिलो दिनको प्रशिक्षण माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइराला तथा दोस्रो दिन प्रहरी निरीक्षक शिभा थापाले प्रशिक्षण दिएका थिए । 

माइती नेपाल नेपालगञ्जका प्रमुख कोइरालाले नेपालगञ्ज सीमावर्ती सहर भएकाले यो नाकामा मानव बेखविखनको उच्च जोखिम रहेको बताए । उनले महिला तथा बालबालिका बेचबिखनको जोखिममा रहेको उल्लेख गरे । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भइरहेको उनको भनाई छ । ललाइफकाई, विभिन्न प्रपञ्च रचेर, थुप्रै आर्थिक प्रलोभन देखाएर जालसाजी गरी विभिन्न माध्यमबाट महिला तथा बालबालिकालाई फन्दामा पार्ने गरिएको उनले बताए । माइती नेपाल नेपालगञ्जमा बार्षिक ५ देखि ६ सय खोजी उद्दारको लागि उजुरी आउने गरेको छ ।

प्रहरी निरीक्षक थापाले मानव बेचविखन विश्वका तीन ठूला अपराध मध्येको घातक र क्रुर अपराध भएको बताइन् । मानव बेचबिखन कानुन विरुद्धको गम्भीर सामाजिक अपराध र ब्यक्तिको प्रतिष्ठामाथिको ब्यापार भएकाले यो मानव अधिकारको गम्भीर उल्लंघन भएको उनको भनाई छ । उनका अनुसार मानव बेचबिखन गर्नेलाई २० बर्ष कैद र २ लाख जरिवाना, बेश्याबृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० देखि २० बर्ष कैद र पचास हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । थापाले बेचबिखन हुनबाट बच्ने र बचाउने उपाय, कानुनी प्रावधान, बेचबिखन न्यूनीकरणका उपाय लगायतका बिषयमा प्रशिक्षण दिएकी थिइन् ।

उक्त कार्यक्रममा सहयात्री नेपालमा अध्यक्ष रितिक शाही, उपाध्यक्ष अरुणा गुरुङ,, श्वेता गुरुङ, अन्जना सुवेदी, संस्थापक प्रतिनिधि र दर्जन बढी युवाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP