नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीले विपन्न परिवारलाई ५२ घर बनाइदिँदै
राप्तीसोनारीले विपन्न परिवारलाई ५२ घर बनाइदिँदै
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ७, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीले विपन्न परिवारलाई ५२ घर बनाइदिँदै

नेपालगन्ज । आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउने भएका छन् । विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत लक्षित समुदायको छनौट गरी उनीहरुलाई नयाँ घर बनाइदिन सुरु गरेको हो ।  

आर्थिकरूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ धरमोतीकी गंगा विकमा नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन । उनको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्टै खुसी झल्किएको छ । गाउँपालिकाले दुई कोठे पक्की घर बनाइदिने भएपछि उनले वर्षौंदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । ‘सम्पत्तिको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ विहानको जोहो टरेको छ,' उनी अगाडि भन्छन्–‘भाडामा बस्दा कोठा विजुली बत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’ 

गंगा जस्तै घर नभएर अरुको घरमा बस्नुपर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । गंगा विकको घरको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताए । उनले संबिधानप्रदत्त आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताए । चालू आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताए । उनले भने–‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । उनले घरहरु गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिइन् । 

गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताए । उनले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरु निर्माण गरिने बताए । एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको उनले बताए । त्यसमा बरण्डा, दुई वटा पक्की कोठा र छानो जस्तापाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर, शौचालयको सेफ्टी ट्यांकी भने घरधनीले बनाउनुपर्ने उनले बताए । 

आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भुवरभवानी निर्माण सेवा र सौगात कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् । भुवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र भुवरभवानीले वडा नं.१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ । भुवरभवानी निर्माण सेवाका संचालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरु निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाए । उनले भने–‘गाउँपालिकासँग भएको सम्झौता अनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गर्छौं । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’

 

 


प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP