Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सडकमा स्वास्थ्यजन्य फोहोर फालेपछि हरि ॐ मेडिकललाई ५ हजार जरिवाना
सडकमा स्वास्थ्यजन्य फोहोर फालेपछि हरि ॐ मेडिकललाई ५ हजार जरिवाना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १८, २०८१ बागेश्वरी पोस्ट
सडकमा स्वास्थ्यजन्य फोहोर फालेपछि हरि ॐ मेडिकललाई ५ हजार जरिवाना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकल हललाई जरिवाना गराइएको छ ।

त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फोलेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए । स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि 'नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५' बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोद कुमार गुप्तालाई जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली विहान अनुगमनमा गएको थियो ।

यसअघि पनि एक साता अघि मात्रै नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसअघि मंसिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगञ्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए ।

फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताउँदै उहाँले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP