नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु
उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु
बागेश्वरी पोस्ट
बुधबार, पुस ३, २०८१ बागेश्वरी पोस्ट
उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

नेपालगञ्ज । कोहलपुर शवदाह गृह निर्माण कार्य रोक्न माग गर्दै परेको रिटमाथि उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । अदालतको यो आदेशसँगै कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको कामले निरन्तरता पाउने भएको कोहलपुर नगरपालिकाका कानुनी सल्लाहकार कर्ण केसीले जानकारी दिए ।

गएको मंसिर २४ गते कोहलपुरका स्थानीय भुमबहादुर भण्डारीले सार्वजनिक सरोकारवाको विषय भन्दै कोहलपुर शवदाह गृह निर्माण तत्काल रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । आज दुवै पक्षबीच भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । अदालतको यो आदेशपछि कानुनी हिसावले निर्माणको काममा अब कुनै अवरोध नहुने केसीले बताए । गत असोज १९ गते शिलान्यास गरिएको अत्याधुनिक प्रविधियुक्त शवदाह गृह तीव्ररूपमा निर्माण भइरहेको उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले बताए ।

कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिकरूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण कार्य भइरहेको संयोजक अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाई छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युत समेत जडान गरिएको संयोजक अधिकारीले जानकारी दिए । ‘कोहलपुरको अत्यावश्यक संरचना निर्माण भइरहेको छ । निर्माणको ८० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौँ । आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ अधिकारीले भने । शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकहरूबाट राम्रो सहयोग पाइएको उनको भनाई छ ।

कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुर नगरपालिका–१२ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले लामो समयको प्रतीक्षापछि कोहरपुरबासीको सपना पूरा हुने चरणमा पुगेको बताए । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारीस्थित अगैयाघाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो । 


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP