नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामाजिक सद्भावसम्बन्धि तीन दिने तालिम शुरु
सामाजिक सद्भावसम्बन्धि तीन दिने तालिम शुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ४, २०८१ बागेश्वरी पोस्ट
सामाजिक सद्भावसम्बन्धि तीन दिने तालिम शुरु

नेपालगञ्ज । अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा शुरु भएको छ । नाइस नेपालगञ्जले युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको सहकार्यमा सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तरगत सामाजिक सद्भाव सम्बन्धि तीन दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा रहेको अन्तर धार्मिक युवा समितिका २४ जना पदाधिकारीहरुको सहभागिता रहेको तालिमको उद्घाटन सत्रमा बोल्दै द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक अजय दासले सामाजिक सद्भावको बिषय सबैको साझा बिषय भएकाले निरन्तर सद्भावमा काम गरिरहन अनुरोध गरे । उनले समाजमा फैलिने मिथ्या सूचनाको पछाडि नलागेर सही र सत्यतथ्य सूचनालाई बाहिर ल्याउने भूमिका खेल्न युवाहरुलाई आग्रह गरे । उनले तीन दिने तालिममा सिकेको कुरालाई ब्यवहारमा लागू गर्न आग्रह गरे । सामाजिक सद्भावमा युवाको भूमिका महत्वपूर्ण भएकाले मिथ्या सूचनालाई निरुत्साहित गरी सत्यतथ्य सूचनाको वाहकको रुपमा काम गर्न दासको सुझाब छ ।  

कार्यक्रममा बोल्दै द एसिया फाउण्डेसनकी उप–प्रमुख प्रिती थापाले युवाहरुको अगुवाईमा समाजमा सद्भाव कायम गर्न र सद्भावका लागि स्थानीय युवालाई नै अगुवाको रुपमा विकसित गर्न कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले युवाहरुको समूहमार्फत सामाजिक सद्भावका लागि महत्वपूर्ण कार्य हुने विश्वास ब्यक्त गरिन् ।
 
नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको तालिमको उद्घाटनमा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै द एसिया फाउण्डेसन नागरिक समाज र मिडिया परियोजनाका इन्द्र टमाटाले अन्तर धार्मिक युवा समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने, सामाजिक सद्भाव, नेतृत्व विकास र समुदाय परिचालनका बिषयमा ज्ञान र सीपको विकास गर्ने र भविष्यमा धार्मिक अगुवा बन्न उत्प्रेरित गर्ने हेतुले तालिमको आयोजना गरिएको बताए । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन नाइसका कार्यक्रम प्रबन्धक जोशिना थारुले गरेकी थिइन् ।

तालिमको पहिलो दिन सामाजिक सद्भाव, सूचनाका विभिन्न बिषयमा द एसिया फाउण्डेसनका कार्यक्रम निर्देशक दास, उपप्रमुख थापा र प्रशिक्षक हरिप्रसाद सुबेदीले प्रशिक्षण दिएका छन् । तालिमको पहिलो दिन सामाजिक सद्भाव, दोश्रो दिन नेतृत्व विकास र तेस्रो दिन समुदाय परिचालनका बिषयमा तालिम प्रदान गरिनेछ । 


प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP