नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-१ को बधाई
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-१ को बधाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ९, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-१ को बधाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई ज्ञापन गर्दैै सम्मान गरेको छ । वडा कार्यालय धम्बोझीमा आज एक कार्यक्रमका बीच वडाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको हो ।

वडा अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेबाट लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत जिल्ला शाखाका पदाधिकारी र सदस्यहरुलाई टीका र खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष चौलागाईले पत्रकार महासंघ र सञ्चार माध्यमको विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । सचिव शर्माले स्थानीय सरकार र मिडियाले सहकार्य गरेर जानुपर्नेमा जोड दिए । बाँके शाखा अध्यक्ष गिरीले महासंघको संस्थागत विकास तथा मिडिया र पत्रकारहरुको बृत्ति विकासका लागि सहकार्य गर्न वडा कार्यालयलाई आग्रह गरे ।

वडा अध्यक्ष रिजालले विगतदेखि नै पत्रकार महासंघसंग सहकार्य र हातेमालो गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि त्यसरी नै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले नयाँ पत्रकारहरुको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पारे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता समेत रहेका रिजालले पत्रकार महासंघ र मिडिया तथा पत्रकारसंगको सहकार्यको दायरा अझ फराकिलो बनाइने बताए । कार्यक्रममा वडा सदस्य जगमोहन काँदुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

त्यस क्रममा वडा अध्यक्ष रिजालले वडाका मुख्य मुख्य कामबारे पत्रकारहरुलाई जानकारी समेत गराएका थिए । रिजालका अनुसार वडामा रहेका सबै श्रम गर्ने विविध क्षेत्रका ३५० भन्दा बढी मजदुरहरुको निःशुल्क म्यादी बीमा गरिएको छ । वडाबासीको मृत्यु संस्कारमा आवश्यक रु. ५ हजार बराबरको दाउरा उपलब्ध गराउँदै आएको, वडाका सबै घरहरुमा डिजिटल घर नम्बरिंग सुरु गरिएको, १५ वटा टोल विकास समिति र एउटा वडा स्तरीय टोल समन्वय समिति गठन गरी परिचालन गरिएको, वडाबासीको घर तथा विद्यालय, उद्योग र ब्यापारिक भवन, होटेलबाट निस्कने फोहोरको ब्यवस्थापन वडाको आफ्नै ट्याक्टरमार्फत हुँदै आएको, वडामा हरियाली प्रबद्र्धन तथा सौन्दर्यकरण र ऐतिहासिक मठमन्दिरको जिर्णोद्दार तथा सौन्दर्यकरण लगायतका काम गरेको उनको भनाई छ ।

यस्तै खेलकुदतर्फ एन्फा स्पोर्ट्स एकेडेमी, धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र, साइकल पम्प ट्र्याक निर्माण, योगा भवन निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । आर्थिक पारदर्शिताको लागि सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाई नियमितरुपमा गरिएको, सबै टोलमा कालोपत्रे सडक निर्माण गर्ने अभियान अन्तर्गत सबै टोलमा कालोपत्रे सडकको पहुँच बढाएको, कोरोनाकालमा घर-घरमा विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरी सेवा प्रदान गरिएको तथा वडा कार्यालयको आफ्नै भवन निर्माण भई स्वास्थ्य सेवा तथा प्रशासनिक सेवा प्रदान गरिरहेको वडा अध्यक्ष रिजालले बताए । 


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP