prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सिकाई आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने बैजनाथको प्रतिबद्धता
सिकाई आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने बैजनाथको प्रतिबद्धता
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, पुस ११, २०८१ बागेश्वरी पोस्ट
सिकाई आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने बैजनाथको प्रतिबद्धता

नेपालगन्ज । पालिकासँग बालिका शिक्षा कार्यक्रमको सिकाई आदानप्रदान तथा आगामी योजना बैठक बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज उक्त बैठक सम्पन्न भएको हो । 

nepalgunj 081-082

नियमित बालिका शिक्षा कार्यक्रमका उपलब्धिहरु, राम्रा अभ्यास र चुनौतीहरुको बारेमा छलफल गर्ने, जलवायु न्याय क्लबको परियोजनाको बारेमा छलफल गर्ने र बालिका शिक्षा कार्यक्रमलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको थियो । 

बैठकमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश बहादुर शाहीले बालिका शिक्षा कार्यक्रमको प्रभावकारिता र उपलब्धि राम्रो देखिएकाले पालिकाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बालिका शिक्षा कार्यक्रमसँग शिक्षा, महिला तथा बाल अधिकार प्रबद्र्धन र वन तथा वातावरण महत्वपूर्ण बिषय जोडिएकाले सबै मिलेर योजनासहित कार्यक्रमको निरन्तरताका लागि काम गर्नुपर्नेमा उनले जोड दिए । उनले शिक्षामा लगानी गर्न पालिका तयार रहेको भन्दै रुम टु रिड र बास नेपाललाई कार्यक्रम निरन्तरताका लागि काम गर्न अनुरोध गरे । 

यसैगरी बैठकमा बोल्दै कार्यक्रमका अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुमा सकारात्मक परिवर्तन ल्याएको भन्दै पालिकाका सबै माध्यमिक बिद्यालयहरुमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो क्रममा बोल्दै पूर्व मन्त्री तथा प्रभात माबि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले साझेदारीमा राम्रो कार्य गर्ने संस्थाहरुलाई काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले बालिका शिक्षा कार्यक्रम अन्तरगत बालिकाहरुमा आएको परिवर्तनले सिंगो बिद्यालय, परिवार र समुदायमा समेत सकारात्मक परिवर्तन आएको भन्दै पालिकाले अपनत्व लिँदै कार्यक्रम निरन्तरताका लागि योजना बनाउन अनुरोध गरे । 

जलवायु न्याय क्लब गठन पश्चात बिद्यालयको सरसफाई र हरियाली प्रबद्र्धनमा महत्वपूर्ण कार्य भएको उनको भनाई थियो । बैठकमा अलुम्नाई बसन्ती डाँगी र संगिता सुधारले बालिका शिक्षा कार्यक्रमबाट प्राप्त गरेको सफलता र आफूमा आएको परिवर्तनका बिषयमा सफलताको कथा सुनाएका थिए ।बैठकको क्रममा खुल्ला छलफलमा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक र जलवायु न्याय क्लबका बालिकाहरुले कार्यक्रम निकै उपयोगी रहेकाले सबै मिलेर कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । 

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रमका उपलब्धि, राम्रा अभ्यासहरु, चुनौतीहरुका बिषयमा रुम टु रिडका अफिसर निरोज कोइरालाले प्रस्तुतिकरण गरेका थिए । परियोजनाका संयोजक हेमराज भट्टले कार्यक्रमलाई कसरी निरन्तर गराउन सकिन्छ भन्ने बिषयमा खुल्ला छलफलको सहजीकरण गरेका थिए । 
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यक्रम सञ्चालित वडाका वडा अध्यक्ष, सम्बन्धित शाखा, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक, अलुम्नाई र जलवायु न्याय क्लबका गरी ४० जनाको सहभागिता रहेको कार्यक्रममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष बुढाथोकीले गरेकी थिइन् । 

 


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २१:३९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP