Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकालाई नागरिकका प्रश्न
कोहलपुर नगरपालिकालाई नागरिकका प्रश्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकालाई नागरिकका प्रश्न

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को पहिलो चौमासिकमा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज भएको सुनुवाईमा नागरिकहरुले नगरपालिकासंग विकासका बिभिन्न माग राखेका छन् ।

नगरपालिकाभित्रका पिछडिएका बस्तीहरुमा बाटो तथा सडक निर्माणमा पालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । सार्वजनिक सुनुवाईका अधिकांश सहभागीहरुले बाटोघाटो, सडक र नालीकै माग गरेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटोघाटो र सडकमै लगानी गर्दै आएको भए पनि धेरै विकट ठाउँहरुमा बाटो तथा सडकको समस्या कायमै रहेको नागरिकहरुको भनाई थियो । सहभागीले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकारवालालाई प्रश्न गरेका थिए ।

सहभागीहरुले गरेको प्रश्नको जवाफ दिँदै नगर प्रमुख पुर्णप्रसाद आचार्यले पालिकाभित्रका सबै टोल तथा बस्ती जोड्ने गरी बाटो तथा सडक निर्माणमा लागिपरेको बताए । आफूहरु निर्वाचित भएर आएपछि धेरै बाटो तथा सडकहरु निर्माण भएको भन्दै नगर प्रमुख आचार्यले भने “सबै विकास एकै पटकमा सम्भव हुँदैन, आवश्यक्ताको आधारमा क्रमागतरुपले विकास हुँदै जान्छ, नगरपालिकाले विकासको दृष्टिकोणले फड्को मार्ने गरी काम गरिरहेका छौं ।” पालिकाको बिभिन्न ठाउँमा बाटो कालोपत्रे हुनुपर्नेे विषयमा नागरिकहरुले गरेको प्रश्नको जवाफ दिँदै आचार्यले नागरिकहरुले अपेक्षा गरे अनुसारको विकास गर्नका लागि पालिकाको वजेटले मात्रै नभ्याउने भएकाले संघ तथा प्रदेशसंग सरकारको वजेट समेत आवश्यक भएको बताए ।

सार्वजनिक सुनुवाईमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्ष र शाखा प्रमुखहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा उठान भएका विषयको आधारमा विभिन्न ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो । 

बास नेपालका कार्यक्रम प्रवन्धक मन भण्डारीले सहजीकरण गरेको सुनुवाईको शुरुवातमा नगर प्रमुख आचार्यले यो अवधिमा गरेका कामहरु र आगामी योजनाको बारेमा जानकारी गराएका थिए । बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा २ सय जना नगरवासीहरुको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP