prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रिक्त हुँदै गरेको दुई एआईजीका लागि ४ डीआईजीबीच प्रतिस्पर्धा
रिक्त हुँदै गरेको दुई एआईजीका लागि ४ डीआईजीबीच प्रतिस्पर्धा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १५, २०८१ बागेश्वरी पोस्ट
रिक्त हुँदै गरेको दुई एआईजीका लागि ४ डीआईजीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त हुँदै गर्दा प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा सुरु भएको छ ।

आइतबार एआईजी भरत बहादुर बोहरा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि भोलि (मंगलबार) अर्का एआईजी किरण बज्राचार्य पनि अवकाशमा जाँदै गर्दा रिक्त हुने दुई एआईजीका लागि चार जना मध्ये ३ डीआईजी प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँगै अवकाश हुने हुँदा प्रतिस्पर्धा तीब्र रहेको छ ।

दुई एआईजी दरबन्दी रिक्त हुने पदका लागि  बढुवा हुनका लागि डीआईजी कुवेर कडायत, रवीन्द्र केसी, जनक भट्टराई र चन्द्रकुबेर खापुङ प्रतिस्पर्धामा छन् ।

डीआईजी कडायत, केसी र भट्टराई आईजीपी कुँवरसँगै आगामी चैत ५ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने हुँदा यी तीन जना मध्ये दुई जना एआईजीमा बढुवा हुने निश्चित जस्तै छ। तर, खापुङ पनि एआईजी बन्ने दाउमा शक्तिकेन्द्र धाउन सुरु गरेको श्रोत बताउँछ । डीआईजी खापुङ भने २०८२ कात्तिकमा अवकाश हुने हुँदा उनको बढुवा सम्भावना त्यति नरहेको प्रहरी निकट श्रोतले बतायो ।

दुई एआईजी बढुवामा सुदूरपश्चिम घर भएका डीआईजी कडायतले राम्रो कार्य गरेको हुँदा पनि र नेपाली कांग्रेसका उच्च नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण उनी एआईजी बढुवा हुने निश्चित जस्तै छ भने केसी र भट्टराईबीच निकै प्रतिस्पर्धा देखिएको बताइएको छ ।

यस्तै मधेस प्रदेशका डीआईजी लालमणी आचार्य पनि बढुवाको प्रतिस्पर्धामा रहेको बताइएको छ । उनी हालका एआईजी दीपक थापाका ब्याच हुन् ।


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP