नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपाली टोपी दिवस नेपालगञ्जमा पनि मनाइयो
नेपाली टोपी दिवस नेपालगञ्जमा पनि मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
नेपाली टोपी दिवस नेपालगञ्जमा पनि मनाइयो

नेपालगञ्ज । विश्वभरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवस नेपालगञ्जमा पनि मनाइएको छ । बास नेपालको आयोजनामा आज गणेशमान चोकमा टोपी दिवस मनाइएको हो । 

नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्व तहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोशाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सरकारले नेपाली टोपी र दौरा-सुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा अनिवार्य गरे पनि उच्च पदस्थ व्यक्तिहरु समेतले राष्ट्रिय पोशाकलाई बेबास्ता गर्दा राष्ट्रियताको बिषय नै ओझेल परेको बक्ताहरुले बताएका थिए । 

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो भन्ने कुरालाई महसुस गर्दै नेपालमा २०७० सालदेखि टोपी दिवस मनाउन सुरु गरिएको बताए । काठमाण्डौंबाट शुरु गरिएको यो दिवस बिगत ५ बर्ष यता बाँकेमा बास नेपालले मनाउँदै आएको शाहले जानकारी दिए । नेपालमा कालोटोपी, भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीको रुपमा चिनिँदै आएको उल्लेख गर्दै शाहले यस प्रकारको टोपी बिश्वमै अलग प्रकारको भएको बताए ।  

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगरले नेपालीको पहिचानको रुपमा टोपी सबैलाई प्रयोग गर्न आग्रह गरिन् । कार्यक्रममा मुस्लिम अगुवा कादिर अन्सारी, सुटिंगका राष्ट्रिय खेलाडी रमेश मल्ल, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, पत्रकार शकिल अहमद कादरी लगायतले बोलेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिबकुमार बर्माले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, ब्यवसायी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । त्यसैगरी बास नेपाल बझांग शाखा, दैलेख शाखा, सुर्खेत शाखा, दार्चुला शाखा, डोटी शाखा लगायतले टोपी दिवस मनाएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP