नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मिडियाको संस्थागत विकासमा हामी सहकार्य गर्छौंः नगर प्रमुख आचार्य
मिडियाको संस्थागत विकासमा हामी सहकार्य गर्छौंः नगर प्रमुख आचार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २३, २०८१ बागेश्वरी पोस्ट
मिडियाको संस्थागत विकासमा हामी सहकार्य गर्छौंः नगर प्रमुख आचार्य

कोहलपुर । कोहलपुर नगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । कोहलपुर नगरपालिकामा भएको कार्यक्रममा बाँकेबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशमा निर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले महासंघसँग संस्थागत रुपमा सहकार्य गर्दै पत्रकारहरुको व्यवसायिक विकास सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने,‘ नेपाल पत्रकार महासंघ बाँकेसँग हामीले विगतदेखि नै संस्थागत रुपमा सहकार्य गर्दै आएको छौं । मिडियाको क्षेत्रमा अन्य धेरै कुराहरु गर्न बाँकी छ । त्यसको लागि एउटा कार्यविधि बनाएर अगाडि बढनुपर्नेछ ।’

समाचारको विषयलाई लिएर पत्रकारसँग कोहलपुर नगरपालिकाले कुनै आग्रह–पूर्वाग्रह नराखेको बताउँदै प्रमुख आचार्यले सकारात्मक आलोचनाले आफूहरुलाई सहयोग गर्ने बताए । उनले भने ,‘एउटा पत्रकारले गलत गर्दैमा सिंगो पत्रकारिता जगतलाई हेर्ने दृष्टिकोण उही हुनु हुँदैन । कुनै एउटा जनप्रतिनिधिले गरेको गल्तीलाई हेरेर सिंगो जनप्रतिनिधिलाई हेर्ने नजर उही हुनु हुँदैन् ।’ कोहलपुर नगरपालिकाले हरेक वर्ष आफ्नो बजेटमा पत्रकारिताको विकासमा बजेट छुटयाउने गरेको बताउँदै आचार्यले यसलाई निरन्तरता दिने बताए । 

May be an image of 3 people, people smiling and text

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै सहकार्यलाई नयाँ उचाई दिने गरी अझ बलियो बनाएर जानुपर्ने बताए । उनले भने ,‘कोहलपुर नगरपालिकाले विगतदेखि पत्रकारहरुसँग संस्थागत रुपमा सहकार्य गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ बलियो र प्रभावकारी बनाएर जानुपर्छ । स्थानीय मिडियाको उत्थान र पत्रकारहरुको विकासमा कोहलपुर नगरपालिकाले फराकिलो छाती बनाएर काम गर्ने हामीले विश्वास लिएका छौं ।’

पत्रकारिताको आचारसंहितालाई उल्लंघन गर्दै मिडियालाई बदनाम गराउने पत्रकारलाई महासंघले संरक्षण नगर्ने अध्यक्ष गिरीले बताए । उहाँले भने, ‘जनप्रतिनिधिहरुको राम्रा कुरालाई प्रशंसा गर्दै तथ्यमा आधारित समालोचना हामीले गर्ने हो । गलत नियतले मिडियामा प्रवेश गरेका व्यक्तिले आम पत्रकारितालाई बदनाम गराउने काम गरेका छन् । पत्रकारको नाममा गलत अभ्यास गर्नेलाई संरक्षण गर्नु हुँदैन ।’

May be an image of 4 people and text

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले स्थानीय सरकारलाई सही बाटोमा लग्नको लागि सुशासन, जवाफदेहितामा पत्रकारहरुले सधैं सचेत गराइरहनुपर्ने बताए । कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP