prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकायलाई प्रभावकारी ढंगले परिचालन गरिने
चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकायलाई प्रभावकारी ढंगले परिचालन गरिने
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, पुस २५, २०८१ बागेश्वरी पोस्ट
चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकायलाई प्रभावकारी ढंगले परिचालन गरिने

नेपालगञ्ज । बाँकेमा चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकाय र सरोकारवालाई प्रभावकारी ढंगले परिचालन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार जिम्मेवार निकाय, पदाधिकारी र सरोकारवालालाई प्रभावकारी ढंगले परिचालन गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा आज बसेको जिल्लामा क्रियाशील संघसंस्थासंगको समन्वय बैठकमा यस्तो निर्णय गरिएको हो । 

nepalgunj 081-082

बैठकमा हाल चिसो तथा शीललहरको सम्भावना कायमै रहेकाले त्यसको पूर्व तयारी तथा प्रतिकार्यका लागि संघसंस्थाबाट हुने गतिविधिका बारेमा छलफल भएको छ । बैठकले आगामी माघ २ गते मनाइने २७औं भूकम्प सुरक्षा दिवसमा साप्ताहब्यापी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । दिवसका अवसरमा माघ १ गतदेखि एक हप्ता एफएम रेडियोबाट भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारी सम्बन्धि जनचेतनामूलक सूचनाहरु र परिसम्बाद कार्यक्रम प्रशारण गर्ने, सबै स्थानीय तहमा भूकम्प सुरक्षा र्याली, भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण तथा सामूहिक प्रतिबद्धता, जिल्लाभर भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि सन्दर्भ सामग्री छपाई तथा वितरण, नेपालगञ्जमा माघ ४ गते भूकम्प सचेतना सम्बन्धि कृत्रिम घटना अभ्यास गरिने भएको छ । यसपटक 'भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्व तयारीका साथ' भन्ने नाराका साथ २७औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । 

बैठकमा बाँकेमा क्रियाशील संघसंस्थाको तर्फबाट जिल्लामा सञ्चालन भइरहेका गतिविधिहरुको संक्षिप्त प्रस्तुतिकरण समेत गरिएको थियो । प्रस्तुत गतिविधिहरुको समीक्षासहित आगामी दिनमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसंग समन्वयात्मकरुपमा कार्य गर्ने निर्णय पनि बैठकमा भएको छ । यस्तै विपद्का क्षेत्रमा भएका गतिविधि तथा कार्यक्रबारे नियमितरुपमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा प्रतिवेदन उपलब्ध गराउने, विपद ब्यवस्थापन सम्बन्धि क्रियाकलापहरु प्रभावकारी बनाउन हरेक ६/६ महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय भएका छन् । फातिमा फाउण्डेशनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ र ७ मा सञ्चालन गरेको 'सामुदायिक सुरक्षा जालो परियोजना' का बारेमा पनि बैठकमा छलफल भएको छ । 

बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले शीतलहर चल्ने समय भएकाले सबैलाई यसको पूर्व तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरे । उहाँले सर्वसाधारणलाई चिसो र शीतलहरबाट जोगाउन जिल्लामा हालसम्म भएको पूर्व तयारीबारे जानकारी दिए । सबैजसो स्थानीय तहले आगो ताप्ने व्यवस्थाका लागि आवश्यक दाउरा र न्यानोका लागि कम्बलको ब्यवस्थापन गरेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी रिजालले भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी ढंगले मनाउने गरी लाग्न पनि आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले विपद् व्यवस्थापन लगायत संघसंस्थाका विविध गतिविधि र क्रियाकलापमा मिडियासंगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए । उहाँले मिडियाको आवश्यकता र अपरिहार्यता मनन गर्न आग्रह समेत गरे । त्यसक्रममा एनजिओ फेडेरेशनका सचिव रमेश सिटौला, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकी लगायतले पनि धारणा राखेका थिए । 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीद्वय उमाकान्त अधिकारी र खडानन्द खत्री, सशस्त्र प्रहरीका एसपी विमल डाँगी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विषयगत सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो । फातिमा फाउण्डेशन, बी-ग्रुप, नेपाल रेडक्रस सोसाइटी, बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, सामाजिक विकास मञ्च, विश्व खाद्य कार्यक्रम, फेडो, कारितास नेपाल लगायतले आफ्ना गतिविधिबारे जानकारी गराएका थिए । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको बैठकको ब्यवस्थापन फातिमा फाउण्डेशनले गरेको थियो ।

May be an image of 7 people, table and textMay be an image of 14 people and people studying

 


प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:५५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP