prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका स्थानीय तह विपद व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने
बाँकेका स्थानीय तह विपद व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ४, २०८१ बागेश्वरी पोस्ट
बाँकेका स्थानीय तह विपद व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने

नेपालगञ्ज । बाँकेका स्थानीय तह विपद व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज भएको अन्तरपालिका सञ्जाल विस्तार र अनुभव आदानप्रदान विषयक गोष्ठीमा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि सहकार्य गर्ने विषयमा प्रतिबद्धता ब्यक्त गरिएको छ । विपद विरुद्ध एकजुट भएर अघि बढ्न नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा अन्तरपालिका सञ्जाल समेत गठन गरिएको छ । 

nepalgunj 081-082

"विपदका बेला एकले अर्कोलाई भरथेग गर्ने, प्राविधिक सहयोगदेखि लिएर जनशक्ति तथा स्रोत परिचालनमा साझेदारी गरेर जाने तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो," नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्टले भने-"विपद व्यवस्थापनका तीन महत्वपूर्ण पक्ष पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभका लागि सबै पालिकाले आ-आफ्नो स्रोत र सामथ्र्यलाई एकीकृत गर्न सके विपद विरुद्ध सशक्त ढंगले अघि बढ्न सकिन्छ ।"

May be an image of 11 people, people studying, table and text

सहरी विपद तथा पूर्व तयारी परियोजना सुपरको प्राविधिक सहयोगमा आयोजित गोष्ठीमा सबै पालिकाले आ-आफ्नो अनुभव र विपद व्यवस्थापनका लागि भएका काम र प्रयास तथा भावी योजनाका बारेमा अनुभव आदानप्रदान गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले सुपरको सहयोगमा घर आवास बीमा योजना लागू, विपद व्यवस्थापनका लागि नगरमा ४०० जना दक्ष जनशक्ति उत्पादन, व्यवसायिक निन्तरता योजना निर्माण लगायतका काम गर्न सफल भएको बताए । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल र खजुराका अध्यक्ष डम्बर बहादुर विक तुफानले विपद व्यवस्थापनका लागि नीति, कार्यविधि, ऐन र कानुन निर्माण गरेर काम गरिरहेको बताए । स्थानीय विपद व्यवस्थापन समितिलाई वडा तहसम्म विस्तार गरिएको उनीहरुको भनाई छ । गोष्ठीमा कोहलपुर नगरपालिकाका तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर राना लगायत अन्य पालिकाका प्रतिनिधिले पनि अनुभव आदानप्रदान गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक सीता कार्कीले विपद व्यवस्थापनका लागि सबै स्थानीय सरकारबीच सहकार्य र साझेदारी जरुरी रहेको बताइन् । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विपद पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापनाका चरणमा सबै स्थानीय तहले साझा कार्यनीति र धारणा बनाउन सके त्यसले सार्थक परिणाम दिने बताए । गोष्ठीमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

त्यसक्रममा सुपर को-अर्डिनेटर सिद्धार्थ शर्माले अघिल्लो चरणमा सुपरले गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । अहिले सुपरको दोस्रो चरणका कार्यक्रम चलिरहेको शर्माले बताए । शर्माका अनुसार अगस्ट २०२४ देखि सुरु भएको दोस्रो चरणको कार्यक्रम जुलाई २०२६ सम्म चल्नेछ । यसअघि पहिलो चरण पनि दुई बर्ष चलेको थियो । सुपरले नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ लाई लक्षित गरेर परियोजना सञ्चालन गरिरहेको छ । नेपालगञ्जमा साढे दुई बर्षदेखि यो परियोजना सञ्चालनमा छ । कार्यक्रमको सञ्चालन नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP