prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ४ जिल्लाका प्रहरी प्रमुख रिक्त, केही जिल्लाका एसपी परिवर्तन गर्ने तयारी
४ जिल्लाका प्रहरी प्रमुख रिक्त, केही जिल्लाका एसपी परिवर्तन गर्ने तयारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ५, २०८१ बागेश्वरी पोस्ट
४ जिल्लाका प्रहरी प्रमुख रिक्त, केही जिल्लाका एसपी परिवर्तन गर्ने तयारी

नेपालगन्ज । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले कमाण्ड गर्ने ४ जिल्ला रिक्त हुँदैछ । केही दिनअघि ४ जिल्लाका एसपी  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदा कोशी, मधेश र बागमतीका ४ जिल्लाका प्रहरी प्रमुख रिक्त हुन लागेको हो ।

जस अनुसार इलामका एसपी प्रभु ढकाल, बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का र नुवाकोटका एसपी शान्तिराज कोइरालाको एसएसपीमा बढुवा भएपछि ती ४ जिल्लाको प्रमुख पद रिक्त हुन लागेको हो ।

४ जिल्लाको प्रमुख बन्न अहिले दर्जनौं एसपीहरु शक्ति केन्द्र धाउन सुरु गरिसकेका छन् । ती ४ जिल्ला बाहेक अन्य जिल्लाका प्रमुखलाई पनि परिवर्तन गर्ने प्रहरी प्रधान कार्यालयले तयारी थालिसकेको छ । 

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले केही  जिल्लाका एसपी परिवर्तन गर्ने चाल पाउँदा अधिकांश एसपीहरु जिल्ला प्रमुख बन्न प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकृत र राजनीतिक वृत्तमा भनसुन सुरु गरिसकेका छन् । 

प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार प्रहरी प्रमुख रिक्त हुँदै गरेका इलाम, बारा, सिन्धुपाल्चोक र नुवाकोट बाहेक  रुपन्देही, पर्सा, झापा, बाँके, कैलाली, कन्चनपुर, गोरखा, काभ्रे, बागलुङ, डोटी , मोरङ, सुर्खेत, गुल्मी लगायतका जिल्ला प्रमुख परिवर्तन गर्ने तयारी भएको छ । त्यहाँका प्रमुखहरुको अवधि झण्डै १ वर्ष पुग्न लाग्दा अहिले नै आईजीपी परिवर्तन गर्न लागेका छन् ।

तराईका आकर्षक जिल्ला झापा, मोरङ, पर्सा, बारा, रुपन्देही, बाँके, कैलाली र कन्चनपुर  प्रमुख परिवर्तन हुने खबरले अहिलेबाटै ती जिल्लामा जान चाहेका एसपीहरुको माथिल्लो शक्तिकेन्द्रमा दौडधुप सुरु भइसकेको छ ।

तराईका जिल्ला कमाण्ड गर्ने जाने इच्छा राखेका एसपीहरु राजन लिम्बू, सन्तोष तामाङ, गोबिन्द पुरी लगायतको नाम चर्चामा रहेको छ । श्रोतका अनुसार उनीहरु पर्सा, बाँके र रुपन्देही  जान गृहमन्त्री निकट श्रोतलाई भेटघाट सुरु गरेको बताइएको छ । कतिपय एसपीहरुले भने तराईमा अहिले भनेको जस्तो माहोल नभएको हुँदा बागलुङ, सुर्खेत, काभ्रे, डोटी लगायतका जिल्लामा जानका लागि लबिङ गरिरहेका छन् ।

यता जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीहरुको पनि सरुवा गर्ने आईजीपी कुँवर तयारी गरिसकेका छन् ।

उनीहरुको अवधि पूरा हुँदै गर्दा भर्खरै एसएसपीमा बढुवा भएका दुई जना एसएसपीहरु काठमाडौं र अपराध अनुसन्धान कार्यालय जान आईजीपी र राजनीतिक शक्ति केन्द्रमा भनसुरु गरिरहेका छन् ।


प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP