prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्वारा ५० लाख सहयोग
कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्वारा ५० लाख सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १०, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्वारा ५० लाख सहयोग

कोहलपुर । कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा आज एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहको उपस्थितिमा कुइँकेलले अध्यक्ष अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए ।

शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ठूलो योगदान दिएको भन्दै नगर प्रमुख आचार्यले बैंकप्रति आभार व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको सहयोगले शवदाह गृह निर्माणमा ठूलो टेवा पुगेको बताए । उनले अन्य संघसंस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न आग्रह समेत गरे । कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले थालेको यो अभियानमा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्न आग्रह समेत गरिन् । बैंकका लुम्विनी प्रदेश प्रमुख कुइँकेलले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । कोहलपुर नगरपालिकाले शवदाह गृह निर्माणका लागि थालेको यो अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शवदाह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहले शवदाह गृह निर्माणका लागि बैंक तथा वित्तिय संघसंस्थाहरुले महत्वपूर्ण सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।

यसअघि ग्लोबल बैंकले २० लाख रुपैया सहयोग गरिसकेको छ । अन्य प्रतिष्ठित उद्योगीहरुले पनि शवदाह गृह निर्माणका लागि सहयोगको प्रतिवद्धता जनाएको संयोजक शाहले बताए । कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधीन कोहलपुर शवदाह गृह निर्माणको काम तीब्र गतिमा भइरहेको छ ।  कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । उपभोक्ता समितिका अध्यक्ष अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण कार्य भइरहेको अध्यक्ष अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाई छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP