prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेशसभा सदस्य गिरीको 'रिपोर्ट कार्ड' सार्वजनिक
लुम्बिनी प्रदेशसभा सदस्य गिरीको 'रिपोर्ट कार्ड' सार्वजनिक
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, माघ १०, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभा सदस्य गिरीको 'रिपोर्ट कार्ड' सार्वजनिक

नेपालगञ्ज । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्रदेशसभामा आफ्नो दोस्रो बर्षको 'रिपोर्ट कार्ड' सार्वजनिक गरेकी छिन् । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेकी गिरीले पारदर्शिता र जबाफदेहिताका लागि आफ्नो 'रिपोर्ट कार्ड' सार्वजनिक गरेको बताएकी छिन् ।

nepalgunj 081-082

आज साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत 'रिपोर्ट कार्ड' सार्वजनिक गर्दै उनले २०८० पुस १७ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा प्रदेश आयोजना बैंकको अबधारणा प्रस्तुत गरेको र हाल उक्त अबधारणा मस्यौदाको चरणमा रहेको, लुम्बिनी प्रदेशमा पहिलो संकल्प प्रस्ताब दर्ता गरेको, विद्यार्थीहरुलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन र जनस्वास्थ्यमा उचित ख्याल गर्न ध्यानाकर्षण गराएको उल्लेख गरेकी छिन् ।

गिरीले लुम्बिनी प्रदेश अन्तर्गत ९८३ वटै वडामा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत, खानेपानी, कृषि, पर्यटन लगायतका पूर्वाधारहरुको अध्ययन तथा तथ्यांकको आधारमा योजनाहरुलाई प्राथमिकतामा राखी समन्यायिक बजेट बिनियोजन गर्न प्रदेश आयोजना बैंकको अबधारणा लुम्बिनी प्रदेशसभाको बैठकमा प्रस्तुत गरेकी थिइन् । उक्त अबधारणा अहिले मस्यौदाको चरणमा छ ।

May be an image of 1 person and text

त्यस्तै उनले सडक दुर्घटना न्यूनीकरण गरी जिउधनको सुरक्षा र क्षती न्यूनीकरण गर्ने स्पष्ट खाकासहित लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ८४ अन्तर्गतको ब्यवस्था बमोजिम लुम्बिनी प्रदेशसभामा पहिलो संकल्प प्रस्ताबको रुपमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धि सार्वजनिक महत्वको संकल्प प्रस्ताब दर्ता गरेकी थिइन् ।

प्रदेशसभा सदस्य गिरीले शैक्षिक क्षमता अभिबृद्धि गर्न नमुना विद्यालयको रुपमा झिमरुक-७ तुसारा प्युठानस्थित सत्य माविका एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्ने संस्थाहरुसंग समन्वय गरी गणित, अंग्रेजी, विज्ञान, सामाजिक लगायत विषयहरुमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेकी थिइन् । उनले प्युठानका अन्य विद्यालयहरुमा पनि अनलाइन कक्षा विस्तार गर्ने क्रममा रहेको बताएकी छिन् ।

उनले मदिरा सेवनले सडक दुर्घटना, घरेलु हिंसा, फौजदारी अपराधका घटनामा बृद्धि भइरहेको भन्दै न्यूनीकरणको लागि संसदीय उपसमिति बनाई मदिरा विक्रि वितरणको ब्यवस्थापन, नियमन र नियन्त्रण गर्नुपर्ने विषयमा प्रदेशसभामा निरन्तर ध्यानाकर्षण गराएकी छिन् ।

झिमरुक गाउँपालिका वडा नम्बर ७ प्युठान निवासी गिरीले दोस्रो बर्षमा बसेका ४० बैठक मध्ये २९ बैठकमा उपस्थित रहेको बताएकी छिन् । ११ बैठकमा भने उनी अनुपस्थित छिन् । अनुपस्थित हुनुको कारण पनि उनले उल्लेख गरेकी छिन् । गिरीले रोड सेफ्टी कन्फेरेन्स प्यानलिस्टको रुपमा भारत भ्रमणमा रहँदा र आमाको उपचार तथा मृत्यु संस्कारको क्रममा सदनको बैठकमा अनुपस्थित रहनुपरेको स्पष्ट गरेकी छिन् । उनले अघिल्लो बर्ष पनि आफ्नो रिपोर्ट काड प्रस्तुत गरेकी थिइन् । 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP