Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राप्तीसोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ
राप्तीसोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ११, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ की उमाकुमारी थारुले तीन महिने गरगहना बनाउने तालिम लिएपछि उनको जीवन नै परिवर्तन भएको छ । काठमाण्डौस्थित सानो पाइला नामक संस्थाले देशभरीबाट करीब एक दर्जन महिलालाई उक्त तालिम दिएर दक्ष बनाएको छ । उमालाई बाँकेबाट प्रतिनिधित्व गरी तालिम लिने अवसर राप्तीसोनारी गाउँपालिकाले जटायो । उनले तालिम लिएर अहिले पित्तलबाट निमार्ण हुने विभिन्न किसिमका गरगहना बनाउन थालेकी छिन् ।

घरको काममा मात्र सीमित रहेकी उमा तालिम सिकेपछि जीवनशैली नै परिवर्तन भएको बताउँछिन् । उनले भनिन्,–‘पहिला म अरुको अगाडि आफ्नो नाम समेत भन्न सक्दैनथें, अहिले मजाले कुरा गर्ने भएछु, मेरो जीवनमा ठूलो परिवर्तन भएको छ, गाउँघर छोडेर तीन महिना ठूलो शहर काठमाण्डौमा बसेर तालिम लिएपछि मैलो ठूलो संसार देखें,’ उनले भनिन्-'अब म सिप सिकेर व्यवसाय गर्न सक्ने भएछु, अलिकति आर्थिक सहयोग भएमा यसलाई आफ्नो व्यवसाय बनाउँनेछु ।' 

तालिम दिने संस्थाले उनले उत्पादन गरेको सामग्री खरिद गर्ने र प्रशिक्षकको रुपमा प्रयोग गर्ने उनले बताइन् । अहिले शुरुमा करीब डेढ लाखको लगानीबाट व्यवसाय शुरु गर्ने योजना बनाएको उनी बताउँछिन् । उक्त तालिममा सहभागी पठाउन पालिकालाई अनुरोध गरेपछि उमालाई छनौट गरी तालिममा सहभागिताका लागि पठाइएको गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाले महिला स्वरोजगारको कार्यक्रमलाई प्रभावकारी बनाएको छ । महिलाहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउन सिप सिकाएको छ । ज्ञान, सिपको माध्यमले महिलाहरुलाई घरमै बसेर सफल व्यवसाय संचालन गर्ने उद्देश्यले सिपमूलक कार्यक्रमलाई जोड दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । उनका अनुसार महिलाहरुलाई सशक्तिकरण गरी सिप सिकाएर आर्थिक रुपमा सबल बनाइनेछ ।

राप्तीसोनारी गाउँपालिकाले चालू आर्थिक वर्षमा एक सय जनालाई एक महिने थाकल र मकैको खोष्टाबाट टोपी बनाउने तालिम र मखमलीको जुत्ता बनाउने एक महिने तालिम संचालन गर्न लागेको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले बताइन् । उनले पालिकामा रहेका विपन्न वर्ग, दलित, वादी, कुमाल, द्वन्दपीडित जस्ता महिलालाई विशेष प्राथमिकतामा राखेर स्वरोजगारतर्फ उन्मुख गराउन सिपमुलक कार्यक्रममा जोड दिइएको बताइन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP