नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सवमा दर्शकको ओइरो, ज्योतिले तताइन् माहोल
प्रादेशिक महोत्सवमा दर्शकको ओइरो, ज्योतिले तताइन् माहोल
banijya office RSG-2
आइतबार पल, शान्ति श्री र अन्नु आउँदै
बागेश्वरी पोस्ट
शनिबार, माघ १२, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सवमा दर्शकको ओइरो, ज्योतिले तताइन् माहोल

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेको आयोजनामा नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवको तेस्रो दिन शनिबार दर्शकको ओइरो लागेको छ । कठ्याङ्ग्रीने माघको जाडोमा बिहानैदेखि घाम लागेको नेपालगञ्जमा दिउँसोसम्म महोत्सव परिसर सडक विभाग क्षेत्र भरिभराउ भइसकेको थियो । गायिका ज्योति मगरको गीत र गजल गायक थानेश्वर गौतमको प्रस्तुतिमा दर्शक रमाएका थिए । हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेतीको प्यारोडीले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

महोत्सवको टिकट बिक्री व्यवस्थापन समितिका संयोजक सुदन केसीका अनुसार शनिबार १८ हजार ९५० जनाले मेला अवलोकन गरेका थिए । टिकट काउन्टरमा कर्मचारीहरुलाई भ्याइनभ्याई थियो । शनिबारे विदा भएकाले ठूलो संख्यामा विद्यार्थी पनि मेलामा पुगेका थिए । महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष टंकबहादुर धामी मेलामा सूचना प्रविधि, उद्यमशाला र सांस्कृतिक कार्यक्रम अवलोकन गर्न दर्शकको आकर्षण भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले परम्परागत मेला महोत्सव भन्दा फरक सूचना प्रविधि, उद्यमशाला र रोजगार सम्बन्धि प्रदर्शनीस्थलका कारण दर्शकको आकर्षण बढेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतिले पनि महोत्सबमा दर्शकको ओइरो लागेको हो ।’

संघसँग सहकार्य गरेर क्यान महासंघ बाँकेले महोत्सव परिसर भित्रै आइएनजी स्क्रिन ५औं क्यान इन्फोटेक २०२५ पनि सञ्चालन गरेको छ । महासंघ बाँके शाखा अध्यक्ष यज्ञराज जोशी शनिबार मात्र झन्डै १० हजार जनाले सूचना प्रविधिका स्टलको अवलोकन गरेको बताउँछन् । उनी भन्छन्, ‘क्यान इन्फोटेकमा विशेष छुटको व्यवस्था गरेकाले पनि दर्शकको आकर्षण बढेको हो ।’ महोत्सवका प्रचार विभागका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, स्थानीय उत्पादनसहितका ३५० स्टलहरु रहेका छन् । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य, हास्यव्यङ्ग्य, लाइभ दोहोरी लगायतका सांस्कृतिक कार्यक्रम रहेका छन् । साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको चौथो दिन आइतबार नायक पल शाह, लोकगायिका शान्ति श्री परियार र थारु/आधुनिक गायिका अन्नु चौधरीको प्रस्तुति हुनेछ ।


प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर महोत्सव सुरु
कोहलपुर महोत्सव सुरु
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP