नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा अलुम्नाई मिटअप
कोहलपुरमा अलुम्नाई मिटअप
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा अलुम्नाई मिटअप

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) सँग भेटघाट कार्यक्रम गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज कोहलपुरमा उक्त अलुम्नाई मिटअप गरिएको हो । अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदानप्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्देश्यले मिटअप गरिएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बास नेपाल बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले अलुम्नाईहरुसँग भेटघाट र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बालिका शिक्षा कार्यक्रमसँग जोडिएका बालिकाहरुमा आएको आत्मविश्वास र सफलता सुन्दा उत्साहित भएको बताइन् । 

बास नेपाल बालिका शिक्षा कार्यक्रमका बरिष्ठ सामाजिक परिचालक शोभा भण्डारीले सहजीकरण गरेको कार्यक्रममा क्यारियर काउन्सिलिंग र उत्प्रेरणाका बिषयमा परियोजना संयोजक भट्टले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा बालिका शिक्षा कार्यक्रममा आबद्ध किशोरीहरुको सफलताको कथासहित रुम टु रिडले तयार पारेको भिडियो देखाइएको थियो ।

कार्यक्रमका सहभागी अलुम्नाई ममता बुढा, सरिता न्यौपाने, संगिता सार्की, निशा बिष्ट, राजमती थारु, महिमा योगी, शान्ति बुढा, करिष्मा बिक, निर्मला सापकोटा, मनिषा चौधरी, कल्पना मल्ल लगायतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । अनुभव आदानप्रदान गर्दै अल्मुनाईले बालिका शिक्षा कार्यक्रमले जीवन जिउने कला, बोल्ने कला, निर्णय गर्ने क्षमता, जीवनका आवश्यकतालाई प्राथमिकीकरण कसरी गर्ने, आफूलाई परेको समस्यालाई कसरी समाधान गर्ने लगायतका बिषयमा सहयोग गरेको बताएका थिए ।

कार्यक्रममा अल्मुनाईको सफलताको कथा, अनुभव आदानप्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम अन्तर्गत पूर्व अलुम्नाई तथा सामाजिक परिचालक सिता कुमारी चौधरीले बालिका शिक्षा कार्यक्रममा आबद्ध भएपछिको अनुभव आदानप्रदान गरेकी थिइन् । कार्यक्रममा ५० अलुम्नाईको सहभागिता रहेको थियो । 

कोहलपुर, राप्तीसोनारी र बैजनाथका विभिन्न बिद्यालयहरुबाट कक्षा १२ पास गरी क्याम्पस तथा विभिन्न क्षेत्रमा कार्यरत बालिकाहरुलाई एकै ठाउँमा भेला गराएर कार्यक्रम गरिएको थियो । कार्यक्रममा बास नेपालका लेखा अधिकृत हंस बहादुर शाही, बरिष्ठ सामाजिक परिचालक रचना चौधरी, सबिता सुनार र सुस्मिता लामाको सहभागिता रहेको थियो । 


 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP