Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सबमा दुर्गेशको दमदार इन्ट्री, दर्शकसंगै दीपक र दीपालाई नचाए
प्रादेशिक महोत्सबमा दुर्गेशको दमदार इन्ट्री, दर्शकसंगै दीपक र दीपालाई नचाए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सबमा दुर्गेशको दमदार इन्ट्री, दर्शकसंगै दीपक र दीपालाई नचाए

नेपालगञ्ज । प्रादेशिक महोत्सब २०८१ को पाँचौ दिन आज गायक दुर्गेश थापाले मञ्चमा आफू नाचे र दर्शकलाई पनि खुबै नचाए । पश्चिममा सूर्य लालीमय भइसकेको थियो । हाँस्य कलाकारद्वय दीपक–दीपाले रामविलास र धनियाँ बनेर मनोरञ्जन प्रदान गर्दै थिए । युवायुवती सडक विभाग परिसरमा तिब्र प्रतिक्षामा थिए । दीपक-दीपाले नै अबको प्रस्तुति दुर्गेश भाइको हुने भनेर घोषणा गरेका थिए । कार्यक्रमकी उद्घोषक ममता थापाले दर्शकलाई आइ लभ यु दुर्गेश भन्दै मञ्चमा डाकिन् ।

कता हिँडेको बैनी हट बनेर..पट भएर...ब्युटी भएर...भन्दै गायक थापा रातो ज्याकेट, कालो चस्मा र कालो मास्क लगाएर बडो फुर्तिलो साथ स्टेजमा देखिए । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हे¥यैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले । दर्शकबाट वान्स मोर भनेपछि यही एउटा गीत उनले तीन पल्ट गाएर दर्शकलाई नचाएका थिए । उनले क्षेत्रीको छोरो हिरो छ...,हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा...लगायतका गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए ।

कार्यक्रममा निर्देशक तथा हाँस्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस भाषामा चर्चित दीपकराजले पनि देउडाबाट दीपालाई जवाफ फर्र्काएका थिए । आज गायिका इब्सल सन्ज्यालले पनि झुम्के गुलाबी..., माथि रानी वन...लगायतका गीत गाउँदै आफू नेपालगञ्जकै चेली भएको भन्दै आत्मियता दर्शाएकी थिइन् । अर्का गायक अर्जुन सापकोटाले बस्यो अलक्कै..., वनकी चरी...लगायतका गीत गाएका थिए । उनी मञ्चदेखि तल झरेर दर्शकसँग हातमिलाउँदा दर्शक रमाएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित गायिका एलिना चौहान, लोकदोहोरी गायक कमल विसी माल्दाइ, थारु गायक राज कुस्मी र डान्सर रुविना अधिकारीको प्रस्तुति रहनेछ ।  चौथो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सबका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आइतबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुति दिएका थिए ।

महोत्सवको मुख्य आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह-आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP