नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण  
प्रादेशिक महोत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण  
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १५, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सवमा अर्गानिक खाद्यबस्तुमा ग्राहकको आकर्षण  

नेपालगञ्ज ।  प्रादेशिक महोत्सव नेपालगञ्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यबस्तु ग्राहकको आकर्षणमा परेका छन् । अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाहीका अनुसार ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेका छन् । उनको पसलमा हिमाली र पहाडी भेगका खाद्यान्न वस्तु, लसुन, खुर्सानी, डल्ले खुर्सानी, टिमुरको छोप, सेलरोटी, जुम्ली अर्सा बिक्री भइरहेको छ । सञ्चालक शाही भन्छिन्, ‘दैनिक औसत दश हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ ।’

महोत्सबको स्टलभित्र प्रवेश गर्ने वित्तिकै पैंचो पसलको स्टल भेटिन्छ । यो स्टलमा 'बसे पनि शहर, गाउँकै खाने रहर' नारा लेखिएको छ । पैंचोमा स्वदेशी उत्पादनका धेरै खाद्य वस्तुहरु राखिएका छन् । जहाँ लुम्बिनी प्रदेशका पहाड र तराईका खाद्य वस्तुमा आधारित खाद्यवस्तु रहेका छन् । मीठो छ फुड प्रा.लि.की सविता शाह फिनी, सेलरोटी, खुर्मा लगायतका खाद्य वस्तुमा ग्राहकको आकर्षण भइरहेको बताउँछिन् । उनको पसलमा दैनिक चार हजार रुपैयाँ बराबरको बिक्री भइरहेको उनी बताउँछिन् ।

नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बम फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नोको बिक्री बढिरहेको बताउँछिन् । उनको पसलमा ओखर, टिमूर, जिम्मु, च्याउ, सिन्की लगायतका उत्पादन पनि रहेका छन् । हुम्लाको चंखेलीको घट्टेखोला मौरीपालन व्यवसायिक फर्मका हरिलाल बुढाले पनि सिमी, कोदो, चिनो, हाडे ओखर, भीर मौरीको मह बिक्रीमा राखेका छन् । बर्दियाको मधुवन ८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग बढी रहेको बताउँछिन् । उनको पसलमा चिप्स, दालमोठ, कुरकुरे, चना, केराउका उत्पादन स्टलमा राखिएका छन् ।

रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको पसलमा पनि जुम्ला, कालिकोट र बर्दियाका अर्गानिक खाद्य वस्तु स्टलमा राखिएका छन् । कोदो र फापरको पिठोमा बढी आकर्षण रहेको उनी बताउँछिन् । नेपालगञ्ज-२ बागेश्वरी टोलको आन्टीको अचार स्टलमा बयरको अचार, अकबरेको अचार, आँपको अचार, लप्सीको अचार, टिमुरको चटनी, सिद्रा, चिकन र बफ अचारहरु राखिएका छन् ।

महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा दैनिक चौध/पन्ध्र हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । संयोजक ढकाल पनि अर्गानिक खाद्यवस्तुका स्टलमा बढी बिक्री भइरहेको बताउँछन् । संघका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका स्टल बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्य वस्तुका स्टलमा अर्गानिक खाद्यवस्तु किन्नेको घुँइचो छ । महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खाद्य वस्तु लगायतका ३०० बढी स्टलहरु छन् ।


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार र नवीकरणमा २५ सय शुल्क
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार र नवीकरणमा २५ सय शुल्क
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP