नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • चक्र बमको गीतमा महोत्सवस्थलमा दर्जनौं समूहका देउडा नाच
चक्र बमको गीतमा महोत्सवस्थलमा दर्जनौं समूहका देउडा नाच
बागेश्वरी पोस्ट
बुधबार, माघ १६, २०८१ बागेश्वरी पोस्ट
चक्र बमको गीतमा महोत्सवस्थलमा दर्जनौं समूहका देउडा नाच

 

नेपालगन्ज । बुधबार सूर्यास्त हुँदै थियो । प्रादेशिक महोत्सवको अन्तिम कलाकार चक्र बम आधा दर्जन गीत गाएर विदावारीको चरणमै थिए । घर फर्कनेको लर्को थियो । गायक बमले जब ...भन् साली तेरी दिदी काँ छ...देउडा गीत गाउन थाले मञ्चमै दुई वटा समूहको नाच बन्यो । गायिका भूमिका गिरी, उद्घोषक शोभा त्रिपाठी, ओविराज आचार्य, समीरमान श्रेष्ठको एउटा समूह बन्यो । सांस्कृतिक उपसमितिका सदस्यले मञ्चमाथि अर्को समूह बनाए । मञ्चको तलपट्टि अतिथि बसेको स्थलमा आयोजककोे छुट्टै समूह बन्यो ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वमा पदाधिकारी र सदस्य सम्मिलित समूहमा नाच्न थालिन् । भाका बुझे वा बुझेनन्, रुपैडिया नगरका मेयर डा.उमाशंकर वैश्य, रुपैडिया व्यापार मण्डल अध्यक्ष, महासचिव पनि हात, खुट्टाको तालमा ताल मिलाउँदै नाच्न थाले । मञ्चको पूर्वी छेउँमै महिलाको अर्को समूह बन्यो । मञ्च परिसरमा मात्र आधा दर्जन समूहमा देउडा नाच भयो । घर जान तम्सिएका दर्शक पनि फर्केर आए र दर्जनौं समूहमा नाच्न थाले ।

गायक बमले गीत थप्दै गए । प्रादेशिक महोत्सव देउडामय भयो । के युवा, के युवती, के बृद्ध, बालबालिका सबै समूह समूह बनाएर नाच्न थाले । महोत्सव परिसरमा आठ दश जनादेखि सय डेढ सय जनाका दर्जनौं समूहमा देउडा नाच भयो । ‘गीत त सबैले गाउँछन् तर सबै दर्शकलाई नचाउन सक्ने खुबी देखेर दर्शकहरु गायक वमको प्रशंसा गरिरहेका थिए ।महोत्सवमा लोक गायिका भूमिका गिरीले चोली मैलो भो...तारासँगै जुन...देउरालीमा..लगायतका गीत गाएर दर्शकलाई नचाएकी थिएन् । गायिका गिरी मञ्चबाट तल ओर्लेर दर्शकसँग हात मिलाउँदै गीत गाएकी थिइन् । मोडल तथा डान्सर आरुषी अस्लामी मगरको नृत्यले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको आठौं दिन बिहीबार चर्चित लोकगायक बद्री पंगेनी, लोकदोहोरी गायिका अनिता चलाउने, लोकदोहोरी गायक सपना शाही, डान्सर निशु श्रीपाइली र हास्यव्यङ्ग्य कलाकार खन्टे खलास समूहको प्रस्तुति हुनेछ । कार्यक्रममा मगर समाज खजुरा सैनिकको सामूहिक टप्पा नृत्य र इन्टर स्कुल डान्सिङ स्टार २०८१ का कलाकारले प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेको महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङले जानकारी दिए ।

महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द हरेक दिन महोत्सवमा दर्शकको संख्या बढ्दै गरेको बताउँछन् । उनले स्टलमा अर्गानिक सामान खरिद गर्न र सांस्कृतिक कार्यक्रम अवलोकनमा दर्शक आकर्षित भइरहेको बताउँछन् । महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहेका छन् ।


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP