नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ६ महिने शिशुको होस खुल्दा आमाबुबा संसारबाटै बिदा
६ महिने शिशुको होस खुल्दा आमाबुबा संसारबाटै बिदा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २७, २०७६ बागेश्वरी पोस्ट
६ महिने शिशुको होस खुल्दा आमाबुबा संसारबाटै बिदा

कैलाली । धनगढीस्थित माया मेट्रो अस्पतालको आईसीयूमा ६ महिनाकी शिशु ममता भण्डारी ओठ–मुख सुकाउँदै च्याँ च्याँ रोइरहेकी छन् ।

उनको रुवाइले सबैलाई भावुक बनायो । ‘ममताका अभिभावक को हुनुहुन्छ’ भित्रबाट सिस्टर कराइन् ।बाहिरबाट कसैको आवाज आएन । बेहोस अवस्थामा अस्पताल भर्ना गरिएकी शिशुको अहिले होस खुलेको छ । उनी बेलाबेलामा रुन्छिन् ।

उनको रुवाइले सबै भावुक बन्छन् । आमाको काखमा खेल्नुपर्ने बालिका अहिले अस्पतालको शैयामा एक्लै छट्पटाइरहेकी छन् । बाबुआमा दुबैले यो संसार छाडिसकेको, यी अवोध शिशुलाई के थाहा?

जन्म दिने आमा र बुवा दुबैको बिभत्स हत्या भयो । ममता पनि जीवन र मृत्युको दोसाँधमा छिन् ।

६ महिनामा टुहुरी बनेकी शिशुलाई आफन्तले पालो गरेर अस्पतालमा कुरिरहेका छन् । १४ गते राति आमा र बुवाको हत्या भएको प्रहरीले आशंका गरेको छ । १५ गते दिउँसो ममताको उद्धार भएको हो ।

अस्पताल पुर्‍याउँदासम्म ममताको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । तर, अहिले धिमा गतिमा स्वास्थ्यमा सुधार आएको आईसीयूकी इञ्चार्ज रुमला शाहीले बताइन् ।

‘यहाँ ल्याउँदा बोहोस अवस्थामा थिइन् । केही खान सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘बाहिर केही चोट थिएन । उनलाई कतै फालिएको हुनुपर्छ, त्यसैले टाउकोभित्र चोट देखियो ।’

कसरी अनाथ भइन् त शिशु ?

ममताकी सानीमा पार्वती रावलले बेलिबिस्तार लगाइन् । ‘फागुन १५ गते दिउँसो करिब १ः३० दिदी ९धनादेवी भण्डारी० र भिनाजु ९जयलाल भण्डारी० को घरमा गएकी थिएँ । घर पुरै सुनसान थियो । घरमा कोही नदेखेर फर्किने क्रममा शिशु रोइरहेको आवाज सुनें । ढोका खोलें । रगताम्य अवस्थामा भिनाजु र छोरीलाई देखें ।’

त्यसपछि ?

‘दिदीलाई त्यो कोठामा कतै देखिनँ । नजिकै रहेको भान्सा घरमा हेरें । दिदीलाई त्यहाँ भेटें । उहाँ पनि रगताम्य अवस्थामा हुनुहुन्थ्यो । अनि प्रहरीलाई खबर गरें ।’

५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या रहस्यमय बनेको छ । घटना भएको दुई साता पुग्न लाग्दा पनि दोषी पक्राउ पर्न सकेका छैनन् ।

प्रहरी भन्छ– चाँडै पक्राउ पर्छन्

भण्डारी दम्पतीको विभत्स हत्या गरेर दोषी फरार भएको प्रहरीको भनाइ छ । तर, घटनामा संलग्नहरु केही दिनभित्रै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेल बताउँछन् ।

‘हामी घटनाको गहन अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनभित्रै परिणाम आउने छ ।’ घटना अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नमिल्ने उनको भनाइ छ ।अनलाइनखबरबाट


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP