prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'लैंगिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक'
'लैंगिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
'लैंगिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक'

कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । लैंगिक रुपान्तरणकारी सामाजिक मूल्यमान्यता सम्वन्धि छलफल केन्द्रको आज कोहलपुर नगरपालिका वडा नं.१२ स्थित मसुरीखेतमा सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले लैंगिक समानताका लागि परम्परागत मूल्यमान्यताको सोच बदल्न आवश्यक रहेकोमा जोड दिए । 

उनले भने–‘अहिले पनि हाम्रो समाजमा पुरुष र महिला बीचको असमान सोच र व्यवहार छ । यसलाई बदल्न महिला पुरुष एक हुनुको विकल्प छैन ।’ उनले भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने मनोवृत्तिबाट माथि उठ्न सबैलाई आग्रह गरे । उनले समाज तथा टोलको विकासका लागि सामाजिक विकास पनि महत्वपूर्ण हिस्सा भएको बताए । 

सचेत ब्यक्ति, सचेत परिवार र सचेत समाज भएको ठाउँमा विकासले समेत गति लिएको उल्लेख गर्दै मूल्यमान्यतामा आधारित गलत संस्कार र सोच बदल्दै समाजको समग्र विकासमा भूमिका खेल्न आग्रह समेत गरे । 

कोहलपुर नगरपालिकाको समन्वय, मसुरीखेत टोल विकास संस्थाको सहकार्य र सिद्धार्थ सामाजिक विकास केन्द्र एसएसडिसी/पिआइएनको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै एसएसडिसीका कार्यक्रम प्रवन्धक पोम नारायण पौडेलले संस्थाले सामाजिक रुपान्तरणको सवालमा काम गर्दै आएको बताए । उनले स्थानीय सरकार तथा साझेदारी संघसंस्थासँगको सहकार्यमा शिक्षा र बाल अधिकारको सवालमा मुख्य गरी संस्थाले काम गर्दै आएको पनि सुनाए । 

विद्यार्थीहरुलाई नियमित विद्यालयमा कसरी टिकाई राख्ने, हिंसा न्यूनीकरणका उपाय सुझाउनेदेखि लैंगिक हिंसा प्रभावितहरुलाई आश्रयस्थलको समेत व्यवस्थापन गर्ने काम संस्थाले गर्दै आएको पनि पौडेलले बताए । 

यस्तै पिआइएनका सिर्जना थारुले लैंगिक असमानताका कारण हुने विभेद अन्त्यका लागि सचेतीकरण गर्ने काम गर्दै आएको बताइन् । टोल विकास संस्थाका अध्यक्ष लालबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका रोजगार केन्द्रका प्रमुख आशिष वर्मा, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष विरेन्द्र सापकोटाले गरेका थिए । तीन वर्षीय परियोजना अन्तर्गत कोहलपुर नगरपालिकाका वडा नं. १, ४, १२, १३, १४ र १५ वटा वडामा यो कार्यक्रम लागू गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP