prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान
डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २३, २०८१ बागेश्वरी पोस्ट
डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

 डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरी परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्वारा पारित सो सम्वन्धिको कार्यविधिले आवश्यक सबै प्रक्रिया पूरा गरी दक्ष नगर प्रहरी नियुक्ति गरेको हो । 

स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तिको संरक्षण, गाउँबस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुर्याउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्तर्गत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्त गरिएको बताए । 

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षा लगायतको कार्यमा ठूलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए । पालिकाले कानुन अनुसारको कार्यविधिमार्फत भर्नाका चरणहरु पार गरी प्रहरी निरीक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरेको विषय विज्ञ अवकाश प्राप्त पूर्व प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले बताए । उनका अनुसार डुडुवा प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरी २५ जना रहेका छन् । 

भर्ना भएका सबै जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम समेत प्रदान गरिएको विषय विज्ञ पूर्व डिएसपी केसीले बताए । उनले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमका बीच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दज्र्यानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्य सम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सीमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापूर्वक दिएको जिम्मेवारी निर्वाह गरी काम गर्न निर्देशन दिए । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त शर्मा, पूर्व कर्मचारी धनबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।
 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP