Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१ मा मृतक मजदुरका परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण
नेपालगञ्ज-१ मा मृतक मजदुरका परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१ मा मृतक मजदुरका परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण

नेपालगञ्ज । लघु जीवन बीमा गरेका दुई जना मजदुरको परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले लघु जीवन बीमा गरेर मृत्यु भएका मुन्नी पासी र हनुमान बर्माको परिवारलाई मृत्यु दाबी भुक्तानी हन्तान्तरण गरेको हो । 

नगर प्रमुख प्रशान्त विष्टले मुन्नी पासीका दाई बुधराम पासी र हनुमान बर्माकी छोरी निकिता बर्मालाई जनही १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । वडा नम्बर १ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसंग सम्झौता गरेर वडाका ३११ मजदुरको १ लाख ५७ हजारको बीमा गरिदिएको छ । यसमा प्रति ब्यक्ति औषतमा ५०० रुपैयाँ पर्दछ ।नगर प्रमुख विष्टले न्यून आयस्तर भएका श्रमिकहरुको बीमा गरेर वडा नम्बर १ ले राम्रो कामको प्रारम्भ गरेको बताए । उनले नेपालगञ्ज उपमहानगरपालिका पनि श्रमिकको बीमा गर्ने तयारीमा रहेको बताए । 

वडा अध्यक्ष प्रमोद रिजालका अनुसार अति विपन्न मजदुर बर्गलाई आर्थिक सुरक्षाको आधार निर्माण गरिदिने उद्देश्यले बीमा गरेको बताए । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रबन्धक कैलाश देवकोटाले अति विपन्न र सीमान्तकृत बर्गलाई बीमामा जोड्न आवश्यक रहेको बताउँदै यसबारे सचेतना जागृत गर्नुपर्ने बताए । वडा अध्यक्ष रिजालका अनुसार वडा नम्बर १ कै भीम गुरुङले पनि दुर्घटना बीमा अन्तर्गत १० हजार उपचार खर्च पाएका थिए । नेपालगञ्ज उपमहानगरपालिका र अन्य विभिन्न वडाहरुले पनि लघु जीवन बीमा गर्ने तयारी गरेको प्रबन्धक देवकोटाले बताए । 

त्यसै कार्यक्रमका बीच वडा नम्बर १ ले आजै धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई पोशाक (ट्र्याकसुट) पनि वितरण गरेको छ । यस्तै वडामा क्रियाशील विभिन्न संघसंस्था, क्लब र समितिहरुलाई सामग्री पनि वितरण गरिएको छ । त्यस अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP