नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बस्ती बस्तीमा अभिमुखीकरण
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बस्ती बस्तीमा अभिमुखीकरण
बागेश्वरी पोस्ट
बिहीबार, माघ २४, २०८१ बागेश्वरी पोस्ट
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बस्ती बस्तीमा अभिमुखीकरण

नेपालगञ्ज । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । बढ्दो वेराजगार समस्याका कारण विशेष गरी ग्रामीण क्षेत्रका युवाहरु विदेश गइरहेका छन् । रोजगारीका शिलशिलामा यसरी विदेशीरहेका युवाहरु गन्तव्यमा पुगिसकेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचारहरु पनि आइरहेका हुन्छन् । तिनै दुःख र पीडा खेप्न नपरोस् भन्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाभित्रका स्थानीयबासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्यूनतम् सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीब्र पारिएको छ । 

कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वडाका विभिन्न बस्तीहरुमा बैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि समुदायस्तरमा पुगेर जानकारी गराउने काम भइरहेको हो । रोजगार सेवा केन्द्र कोहलपुरको आयोजनामा विभिन्न बस्तीहरुमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्यूनतम् सूचना तथा जानकारी र वैदेशिक रोजगार सम्बन्धि सेवाहरु प्रदान गर्न विभिन्न सरोकारवालाहरुको सेवा तथा सम्पर्क ठेगानाहरुको बारेमा जानकारी दिने उद्देश्यले गहन अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको रोजगार सेवा केन्द्रका रोजगार संयोजक आशिष बर्माले जानकारी दिए । 

‘वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी, श्रमिक वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्य, वैदेशिक रोजगारबाट फर्किएर आएका ब्यक्ति तथा तिनका परिवारसम्म सुरक्षित, लाभदायक तथा सामाजिक लागत न्यून बनाउन आवश्यक वैदेशिक रोजगारीको लागि आधारभूत सूचना तथा जानकारी दिन आवश्यक छ,' उनले भने–‘हाम्रो टिमले बस्ती बस्तीमा पुगेर अहिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उपायबारे जानकारी गराइरहेको छ । यसले न्यूनतम् जानकारीको कमीको कारणले वैदेशिक रोजगारीको प्रकृयामा झमेला, दुःख तथा ठगीमा पर्नुपर्ने बाध्यताको अन्त्य गर्नेछ ।’ 

वैदेशिक रोजगारीको पूर्व तयारी तथा योजनाको अभावले गर्दा वैदेशिक रोजगारीबाट सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्था छ । कम्तिमा न्यूनतम् सीप सिकेर विदेश जाने प्रवृत्तिलाई प्रेरित गर्न पनि अभिमुखीकरण कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्दै आएको वर्मा बताउँछन् । सामी कार्यक्रमका स्वयंसेवकहरु मानबहादुर वली र बसन्ती डाँगीले समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारका विभिन्न आयामहरुबारे जानकारी गराउने काम गरिरहेका छन् । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३ मा अभिमुखीकरण भइसकेको छ ।


प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP