Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रथम राप्तीसोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव हुँदै
प्रथम राप्तीसोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २५, २०८१ बागेश्वरी पोस्ट
प्रथम राप्तीसोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा ‘प्रथम राप्तीसोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव–२०८१’ सञ्चालन हुने भएको छ । राप्तीसोनारी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित रंगशालामा महोत्सव हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले कृषि, पर्यटन, व्यापार, व्यवसाय प्रबद्र्धनका लागि महोत्सव गर्न लागिएको बताए । महोत्सबमा नविनतम प्रविधिजन्य उत्पादनहरु, महिलाद्वारा तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु प्रमुख आकर्षण रहनेछन्,’ उनले भने । अध्यक्ष ढुंगानाका अनुसार महोत्सवमा विभिन्न ब्यापारिक, कृषि, सहकारी, राप्तीसोनारी र नरैनापुरको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार लगायत सम्बन्धि स्टलहरु रहनेछन् ।

महोत्सवमा व्यापार व्यवसायका साथै राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन प्रदान गरिने संघका महासचिव मोहन गौतमले जानकारी दिए । ‘महोत्सवमा हरेक दिन स्थानीय एवम् राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम हुनेछन्,’ उनले भने ‘हामी राप्तीसोनारीका स्थानीय कलाकारलाई पनि कार्यक्रममा सम्झिनेछौं ।’ महोत्सव सञ्चालनका लागि राप्तीसोनारी गाउँपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहकार्य हुने उनले बताए ।  

महोत्सव अवधिभर १ लाख ५० हजार देखि २ लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । स्थानीय अर्गानिक, रैथाने कृषि उत्पादन, स्थानीय सिपबाट उत्पादित बस्तु, स्वदेशी उद्योगबाट उत्पादित बस्तुको संरक्षण, प्रवद्र्धन तथा बजारीकरणका लागि उद्योगी तथा ब्यवसायीहरुलाई सहयोग पुर्याउँदै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

बाँकेको राप्तीसोनारी तथा नरैनापुर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसारका लागि पहल गर्न पनि महोत्सव सफल हुने विश्वास लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हबका रुपमा विकास गर्नुका साथै पर्यापर्यटनका क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्न महोत्सवले मद्दत पुर्याउने आयोजकको अपेक्षा छ । महोत्सवबाट संकलित रकमले राप्तीसोनारी उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि अत्याधुनिक भवन निर्माण गरिने आयोजकले जनाएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP