prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मिटअपले उत्प्रेरणा थपेको छः अलुम्नाई
मिटअपले उत्प्रेरणा थपेको छः अलुम्नाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १, २०८१ बागेश्वरी पोस्ट
मिटअपले उत्प्रेरणा थपेको छः अलुम्नाई

नेपालगञ्ज । बाँकेको कोलहपुरमा भएको कार्यक्रमका सहभागी अलुम्नाईहरुले मिटअपले उत्प्रेरणा थपेको बताएका छन् ।बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा सम्पन्न कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदानप्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्देश्यले कोहलपुरमा अल्मुनाई मिटअप गरिएको हो ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा अलुम्नाई मिटअप गरिएको हो । कार्यक्रममा बोल्दै रुम टु रिडका फिल्ड कार्यक्रम प्रबन्धक दिनेश पाख्रेलले अल्मुनाईहरुको अनुभव सुन्दा रुम टु रिडले लिएको उद्देश्य परिपूर्ति भएको महसुस भएको बताए । जागरुकताले परिवर्तन ल्याउने भन्दै उनले सबै जागरुक अलुम्नाईहरुलाई सामाजिक विभेद बिरुद्ध अगुवाको रुपमा कार्य गर्न आग्रह गरे । हरेक बालिकाहरुले आफ्नो निर्णय गर्न आफैं सक्षम भएमा सामाजिक विभेद न्यूनीकरण हुनेमा उनको जोड थियो । उनले मिटअपमा सहभागी भई अनुभव आदानप्रदान गर्ने सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीले अलुम्नाई बालिकाहरु सही र गलत छुट्याउन सक्षम भएकोमा खुसी लागेको बताइन् । बालिका शिक्षा कार्यक्रमसँग जोडिएका बालिकाहरुमा आएको आत्मविश्वास र सफलता सुन्दा उत्साहित भएको उनले बताइन् । 

बास नेपालका सिनियर सामाजिक परिचालक मेघा रानाले सहजीकरण गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए भने कार्यक्रममा रुम टु रिडले तयार पारेको भिडियो र जीवन उपयोगी सिपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले जानकारी गराएका थिए । कार्यक्रमका सहभागी अलुम्नाई यशोदा सुनार, कन्चन थारु, अनुजा गुरुगाई, कमला ओझा, संगिता चौधरी, आशा गिरी, पवित्रा थारु, पुजा भण्डारी, आरती राना मगर, बन्दना गुरुंग, आशिका चन्द लगायतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदानप्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । 

रुम टु रिडका फिल्ड कार्यक्रम प्रबन्धक पाख्रेल, अधिकृत शिबराज आचार्य, निरोज कोइराला, बासका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, परियोजना संयोजक हेमराज भट्ट, लेखा अधिकृत हंश शाही, सिनियर सामाजिक परिचालकहरु मेघा राना, शोभा भण्डारी, जमुना चौधरी, रचना चौधरी र सुस्मिता लामाको उपस्थिति रहेको थियो । कार्यक्रममा ५१ जना अलुम्नाईको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP