Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै
नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ४, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

नेपालगन्ज । महिला उद्यमी संघ नेपाल बाँकेले "नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१" आयोजना गर्दैछ । फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा प्रदर्शनी आयोजना गरिनेछ । संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनी तयारीबारे जानकारी गराएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउने महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा रहने करीब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफ्नो उत्पादनको बिक्री तथा प्रचारप्रसार गर्नेछन् ।

नवौं संस्करणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन् । प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिनेछ । जहाँ महिला उद्यमीको सम्भावना र चुनौतिका विषय सरोकारवाला र विज्ञसँग संवाद गरिनेछ । फागुन ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम गरिने संघकी प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रेवती सिंहले जानकारी दिइन् ।

प्रदर्शनीस्थलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरु रहनेछन् । 

प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवर्द्धन गर्नको लागि स्टलहरु राखिने भएको छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाएका परिकारहरु बिक्रीको लागि राखिनेछ । प्रदर्शनी सम्पन्न गर्न अनुमानित १५ लाख रुपैयाँ बजेट खर्च हुने बताइएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नेछन् । 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP