नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली
जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ९, २०८१ बागेश्वरी पोस्ट
जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली

नेपालगञ्ज । जलवायु न्याय क्लबका बालिकाहरुको अगुवाईमा जलवायु न्याय सम्बन्धि सचेतनामूलक ¥याली निकालिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकाको ज्ञानोदय नमुना माबि र बैजनाथको सूर्योदय माबिमा ¥याली गरिएको हो । 

जलवायु परिवर्तनले पारेको असर तथा जलवायू परिवर्तनमा खेल्नुपर्ने भूमिकाका बिषयमा आम नागरिकहरुलाई सचेत गराउने उद्देश्यले ¥याली गरिएको हो । ज्ञानोदय माबिमा भएको सचेतनामूलक ¥याली बिद्यालयबाट शुरु भएर खजुरा २ नम्बर बजार परिक्रमा गरी बिद्यालयमै गएर समापन गरिएको थियो । यसैगरी सूर्योदय माबि बैजनाथमा जलवायु न्याय क्लबको अगुवाईमा भएको ¥याली बिद्यालय प्रांगणबाट शुरु भएर चिसापानी बजार परिक्रमा गर्दै बिद्यालयमा पुगेर समापन भएको थियो ।

स्वस्थ वायु स्वास्थ जीवन, पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन, प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं, रुख रोपौं बातावरण संरक्षणमा टेवा पुर्याऔं, जलवायु न्याय हामी सबैको सरोकार, इन्धनको प्रयोग कम गरौं, पानीका मुहानको संरक्षण गरौं, पानी जोगाऔं, रासायनिक मलको सट्टा प्रांगारिक मल प्रयोग गरौं लगायत नारा अंकित प्लेकार्ड र नारासहित ¥याली निकालिएको थियो । सयौं बिद्यार्थीहरु नारासहित सडकमा उत्रिएपछि आम नागरिकहरुले घर-घरको छत तथा सडक छेउँबाट ¥यालीको अवलोकन गरेका थिए । ¥यालीमा शिक्षक, बिद्यार्थी, अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो । 

सूर्योदय माबिमा भएको ¥यालीको समापनमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मान सिंह बुढा, प्रधानाध्यापक दिपक बहादुर शाही र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बोलेका थिए । बिद्यालयका शिक्षक राजेन्द्र यादबले सञ्चालन गरेको कार्यक्रममा जलवायु न्याय क्लबकी बालिका ज्योति शाहीले जलवायु न्याय क्लबमा आबद्ध भएपछिको अनुभव सुनाएकी थिइन् । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्ट, सिनियर सामाजिक परिचालक चन्द्रा बुढा लगायत ट्राफिक प्रहरी, शिक्षकको उपस्थिति रहेको थियो । 

यसैगरी ज्ञानोदय माबिमा ¥यालीको समापनमा बिद्यालय अभिभावक संघका अध्यक्ष मान बहादुर भण्डारी, प्रधानाध्यापक ऋषिराम रापकोटाले बोलेका थिए । जलवायु न्याय क्लबकी बालिका आकृति शर्माले सञ्चालन गरेको कार्यक्रममा सम्पर्क शिक्षक गिता वली, बासका शोभा थापा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागी सबैले जलवायु न्यायमा कार्य गर्ने भन्दै ९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP