prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस
कोहलपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस
banijya office
बागेश्वरी पोस्ट
शनिबार, फागुन २४, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

कोहलपुर । कोहलपुर नगरपालिकाले ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । `सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण´ भन्ने नाराका साथ कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, व्हील चेयर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरी दिवस मनाइएको शाखा प्रमुख घटना शाहले जानकारी दिइन् । 

nepalgunj 081-082

उनका अनुसार शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले  महिला दिवसको इतिहासबारे जानकारी दिँदै महिला अधिकार प्राप्तिको दायरा फराकिलो भएको बताइन् । उनले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेकोले अब व्यवहारिक कार्यान्वयनमा जोड दिइन्  । समान काम समान ज्यालाको लडाई अझैसम्म पनि कायमै रहेको उनको जिकिर छ । समाजमा महिलामाथिका विभेदहरु कम गर्नका लागि सबै तह-तप्काहरु एक जुट हुनुको विकल्प नभएको बताइन् । 

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा महिलाहरुको चेतनाको स्तर धेरै माथि उठेको बताए । उनले नेपालको संविधान महिलामैत्री रहेकोमा कुनै शंका नभएको बताए । तर, कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउनु आजको आवश्यकता रहेको बताए । पछाडि  पारिएका र पछाडि परेका महिलाहरूको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । आचार्यले अहिले पनि महिलमाथिको विभेद नरोकिएको भन्दै त्यसलाई चिर्न सबै एक हुनुपर्ने बताए । उनले अधिकारसंगै कर्तव्यको पालना गर्न पनि आग्रह गरे  । 

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले नीति निर्माण तहमा महिला सहभागिता बढ्दै गएको बताइन् । `अहिले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ,' उनले भनिन् -`महिलाको अधिकार क्षेत्रमा वर्चश्व र परिवर्तनले महिलाविरुद्ध हुँदै आएको विभेदपूर्ण व्यवहारमा कमी आएको छ ।´ तर नेपाली महिलाका लागि अहिले पनि गर्व गर्न सक्ने अवस्था नरहेको भन्दै उनले महिलालाई भेदभाव, दुर्व्यवहार र हिंसाबाट मुक्त बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताइन् । 

यस्तै दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले विभिन्न खालको विभेद अन्त्यका सबैको ऐक्यवद्धता आवश्यकता रहेको बताइन् । `सुखी नेपाल खुशी नेपाली´ का लागि समाजबाट सबै खाले विभेद हट्नुपर्छ´ उनले भनिन् । अझै पनि महिलामाथिको विभेद कायमै रहेको भन्दै उनले खासगरी श्रममा भइरहेको विभेद अन्त्य गर्न आग्रह गरिन् । स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन उनले सुझाव पनि दिइन् । यस्तै नेकपा समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइँ अझै पनि कायमै रहेको बताइन् । उनले  महिलामाथि हुने विभेद अन्त्यका लागि मनाइँदै आइएको महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनुपर्ने बताइन् । संविधानले नै महिला अधिकार सुनिश्चितता गरेकाले धेरै हदसम्म महिला अधिकार प्राप्ति भएको उनले बताइन् । 

सामाजिक विकास समिति संयोजक ईश्वरी विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा भलिबल प्रतियोगिता र व्हील्चेयर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, बिद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP