prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा मनाइयो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस, ६ जना महिला सम्मानित 
नेपालगञ्जमा मनाइयो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस, ६ जना महिला सम्मानित 
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा मनाइयो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस, ६ जना महिला सम्मानित 

नेपालगञ्ज । महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुले नेपालगञ्जमा एकजुट भएर ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको ¥याली वीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक हुँदै पुनः नेपालगञ्ज उपमहानगरपालिका परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

May be an image of 9 people and text

आयोजक मूल समारोह समिति एवम् नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि एकता र सामूहिक अभियानको खाँचो रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपूर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदिवहिनीहरुले प्रभावकारी भूमिका निभाउनुपर्ने बताइन् । महिला अधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउँदै उनले महिलाका नाममा निकासा हुने बजेटमा चासो दिन पनि आग्रह गरिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले महिला अधिकार, समानता र सशक्तीकरणका लागि आजको दिनले विशेष प्रेरणा दिने बताए । राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताइन् ।

May be an image of 13 people and text

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महिला अधिकारका क्षेत्रमा प्राप्त उपलब्धिहरुको सम्मान गर्दै जागरुकताको अभियानलाई अझ सशक्त बनाउँदै लैजानुपर्ने बताए । उनले लैंगिक हिंसा, असमानता र निषेधलाई तोड्न नयाँ दिशा तय गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ, अन्तर पार्टी महिला सञ्जालकी ऋचा द्विवेदी, महिला उद्यमी आशा सार्की लगायतले बोलेका थिए ।

कार्यक्रममा उद्यमी, पत्रकार र सामाजिक अभियन्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा महिला उद्यमीतर्फ आशा सार्की, लक्ष्मी बम र नानी माया पुरी छन् । यसैगरी क्रियाशील पत्रकार महिलातर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित भएका छन् भने सामाजिक अभियन्तातर्फ शाहिदा बानोलाई सम्मान गरिएको छ । यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने रहेको छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यक्रम सञ्चालन अधिकारकर्मी निर्मला पौडलले गरेकी थिइन् ।

May be an image of 8 people and text that says '3r recycle ForAlLWomenand Gits Right, Equality weryslpe sip बालिकाको लानि जाधकार स्तमानत सश्ात्तीकरण

दिवसको पूर्व सन्ध्यामा नेपालगञ्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जस अन्तर्गत वीपी चोकमा दीप प्रज्ज्वलन, नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारीलाई तीन दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धि तालिम सञ्चालन गरिएको थियो । ग्रामीण क्षेत्रमा 'महिला पुरुष समविकास' तीन दिने तालिम सञ्चालन तथा कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निःशुल्क पाठेघरको क्यान्सर परीक्षण कार्यक्रम गरिएको नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा शाहीले जानकारी दिइन् । 


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP