prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका स्थानीय तहबीच विपद् व्यवस्थापनका लागि साझा समझदारीपत्रमा हस्ताक्षर
बाँकेका स्थानीय तहबीच विपद् व्यवस्थापनका लागि साझा समझदारीपत्रमा हस्ताक्षर
banijya office
बागेश्वरी पोस्ट
आइतबार, फागुन २५, २०८१ बागेश्वरी पोस्ट
बाँकेका स्थानीय तहबीच विपद् व्यवस्थापनका लागि साझा समझदारीपत्रमा हस्ताक्षर

नेपालगञ्ज । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका लागि साझा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । जिल्लाभित्रका आठ स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार स्थानीय तहबीच विपद् व्यवस्थापनमा अन्तरपालिका समन्वय, सहकार्य एवम् अनुभव आदानप्रदान सम्बन्धि अन्तरपालिका समन्वय बैठकबाट विपद् व्यवस्थापन सम्बन्धमा साझा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

nepalgunj 081-082

११ बुँदे समझदारीपत्रमा विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाईहरु आदानप्रदान गर्ने तथा आवश्यक परेको खण्डमा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने, विपद् व्यवस्थपन सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि तालिममा अन्य स्थानीय तहको समेत सहभागिता हुने गरी कार्यक्रमको व्यवस्था मिलाउने, विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीको लागि सम्बन्धित स्थानीय तहको मौजुदा कानुन अद्यावधिक गर्ने लगायत विषय समेटिएको छ । नेपालगञ्ज उपमहानगरापालिका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा आज सम्पन्न बैठकमा सबै पालिकाले विपद् पूर्व तयारी तथा व्यवस्थापनका क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

May be an image of 10 people, people studying, table, dais and text

समझदारीपत्रमा आगलागीको समयमा कुनै स्थानीय तहले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने, एम्बुलेन्सहरुको विवरण अद्यावधिक गरी आपत तथा विपदको समयमा तुरुन्त सेवा दिने प्रबन्ध मिलाउने, विपद सूचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, विपद् व्यवस्थापन कोषको ब्यवस्था गरी आवश्यकता अनुसार विपद् व्यवस्थापनको क्षेत्रमा स्रोत परिचालन गर्ने बुँदाहरु उल्लेख गरिएको छ । 

यसैगरी विपदको समयमा आवश्यक पर्ने उद्दार, राहत तथा पुनःस्थापनाको लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदि जस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीहरुको निश्चित मात्रामा भण्डार गरिराख्ने तथा निजी क्षेत्रसंग समेत सहकार्य गर्ने, जिल्लाको हाइवे तथा सहरी क्षेत्रमा छाडा पशुचौपायाको समस्या ब्यापक रहेकोले त्यस्ता छाडा चौपायाको ब्यवस्थापनको लागि उपयुक्त स्थानको खोजी गरी सञ्चालनको मोडालिटीसहितको पूर्ण प्रतिवेदन तयार गरी आगामी बैठकमा पेश गर्न राप्तीसोनारी गाउँपालिकालाई जिम्मा दिने र नेपालगञ्ज उपमहानगरपालिका पश्चात् बर्णानुक्रम अनुसार सबै स्थानीय तहले प्रत्येक तीन तीन महिना (फागुन, जेठ, भदौ र मंसिर) मा बैठक आयोजना गर्ने समझदारीपत्रमा भनिएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वयमा सम्पन्न बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले नेपालगञ्जमा विपद् व्यवस्थापनका क्षेत्रमा हालसम्म भएका उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुतिकरण गरेका थिए । बैठकमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, विपद् फोकल पर्सन लगायतको उपस्थिति थियो । बैठकको समापन गर्दै नेपालगञ्जका प्रमुख विष्टले विपदको समयमा आपसी सहयोग र हातेमालो आवश्यक रहने भन्दै अन्तरपालिका समन्वयले विपद् विरुद्ध जुध्न आत्मबल प्रदान गर्ने बताउनुभयो । बैठकमा नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

May be an image of 5 people, table, dais and text

युरोपियन यूनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP