नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको हवल्दारपुरमा नमुना बस्ती निर्माण सुरु
कोहलपुरको हवल्दारपुरमा नमुना बस्ती निर्माण सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २८, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरको हवल्दारपुरमा नमुना बस्ती निर्माण सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अब पक्की घर पाउने भएका छन् । कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि बर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन विताइरहेका उनीहरु पक्की घरमा वस्न पाउने भएका हुन् । 

नमुना वस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८ वटा घर निर्माण प्रारम्भ भएको छ । आज कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले मोलहे खटिकको घरको शिलान्यास गर्दै नमुना बस्ती निर्माण कार्यक्रमको सुभारम्भ गरेका छन् । उनले गरीव विपन्न परिवारहरुको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले त्यही अनुसार नमुना वस्ती निर्माण कार्यक्रम सुरु गरिएको बताए । 

‘छिमेक सेवा समाजले अन्य ठाउँमा पनि अति विपन्न तथा गरीव समुदायका लागि नमुना वस्ती निर्माण कार्यक्रम अन्तरगत आवास बनाउने गरेको रहेछ, उनले भने–‘हामीले प्रस्ताव गर्‍यौं । उहाँहरु तयार हुनुभयो । र, पहिलो चरणमा ८ वटा घरहरु निर्माण प्रारम्भ भएको छ ।’ हवल्दारपुरमा करीव २५/३० घरपरिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष नम बहादुर आलेले बताए । 

सामाजिक अभियन्ता एलबी कार्कीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी घर निर्माणको काम सुरु गरिएको बताए । संस्थाले दुई कोठे पक्की घर बनाइदिनेछ । बर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी भएका छन् । गर्मीयाममा जसोतसो दिन-रात कटे पनि बर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दु:खेसो सुनाए । ‘तीन पुस्तादेखि हामीले यस्तै समस्या खेप्दै आएका हौं । ‘नगर प्रमुख आफैंले आएर घरको शिलान्यास गरिदिएपछि पक्की घरमा वस्ने सपना पूरा हुने भयो,' उनले खुशी हुँदै भने–‘हाम्रो लागि रोजगारीको पनि व्यवस्था गरिदिनुपर्‍यो ।’ 

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मी लगायतको घर निर्माण गरिनेछ । नगर प्रमुख आचार्यले विस्तारै अन्य घरहरु समेत बन्ने बताए ।


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP