नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रधानमन्त्री रोजगार कार्यक्रमले लिलालाई दिएको खुसी
प्रधानमन्त्री रोजगार कार्यक्रमले लिलालाई दिएको खुसी
बागेश्वरी पोस्ट
बिहीबार, चैत ७, २०८१ बागेश्वरी पोस्ट
प्रधानमन्त्री रोजगार कार्यक्रमले लिलालाई दिएको खुसी

कोहलपुर । लिला गौतमलाई खुसीको कुनै सीमा छैन । छोरा अर्जुनले प्रहरी नायव निरीक्षक (असई) मा नाम निकालेपछि उनलाई अब दुःखका दिन सकिए झै लागेको छ । ‘जीवनको सबैभन्दा खुसी मिलेको दिन हो मेरो,' उनले भनिन्–‘अब कान्छो छोरा तुल्सीरामलाई कसरी पढाउने चिन्ता पनि छैन । दाइले हेरिहाल्छ अब ।’

कोहलपुर नगरपालिका वडा नम्बर ५ शान्तिनगरकी ३९ वर्षीया लिलाले छोरालाई यहाँसम्म पुर्याउन गरेका दुःख कम छैनन् । र, छोराले आमाको दुःखलाई सुखको अनुभूति दिलाए । सरकारी जागिर गरौं पढाई छैन । ज्याला मजदुरी गरौं भनेको बेला नपाइने । उनी कामको खोजीमा भौंतारिरहेकी थिइन् । किनकी त्यतिबेला काम पाइने अवस्थै थिएन् । कोरोना महामारीले मुलुक लकडाउनमा थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाले बेराजगारहरुलाई काम दिन लागेको कुरा उनले सुनिन् । आवेदन दिइन् । र, सय दिन काम पाइन् । त्यही रकमबाट उनले छोरालाई असईको तयारी गर्न काठमाडौं पठाइन् ।

छोरा अर्जुनले पनि आमाको सपनालाई पूरा गरिदिए । असईमा नाम निकालिदिए । ‘सायद कोहलपुर नगरपालिकाले एक सय दिन बराबरको रोजगारी नदिएको भए मैले छोरालाई पढाउन सक्नेथिनँ,' उनले भनिन्–‘कहिलेकाहीँ थोरै रकमले पनि अतुलनीय मूल्य बराबरको खुसी दिँदो रहेछ ।’ श्रीमान खगेन्द्र प्रसाद गौतम नेपाल प्रहरीबाट सेवा निवृत्त भए । उनी कतारमा छन् । उतै दुर्घटनामा परे । ज्यान त जोगियो । तर, सोचे जस्तो कमाई गर्न सकिरहेका छैनन् ।

घरपरिवार चलाउने, दुई छोरालाई पढाउने सबै जिम्मेवारी लिलाको काँधमा छ । घर बनाउन लिएको ऋणको भारीले उनलाई धेरै समय थिच्यो । आयस्रोत आउने ठाउँ कतै नभएको बेला निश्चित समयको रोजगारीले पनि ठूलो उपलब्धि मिलेको लिला बताउँछिन् । उनी अहिले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएकी छिन् । उनी जस्ता सयौं बेरोजगारहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट राहात पाएको बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा सञ्चालित श्रममा आधारित योजना प्रभावकारी हुँदा त्यसको लाभ लिनेहरु खुसी भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ मा हाल कोहलपुर नगरपालिकामा १७ वटा श्रममा आधारित योजनाहरु सञ्चालनमा रहेको रोेजगार संयोजक आशिष बर्मा बताउँछन् । जसमा नेपाल सरकार र युवा रोजगारीको लागि रुपान्तरण पहल (आइडिए) को श्रोतबाट योजनाहरु सञ्चालन भइरहेका छन् ।

कुल ३७५ जना सुचीकृत बेरोजगार व्यक्तिहरु मध्ये यस वर्ष आइडिएमा ४० जना र नेपाल सरकारको श्रोतबाट ७० जना गरी जम्मा ११० जनाले रोजगारी प्राप्त गरिरहेको संयोजक वर्माले बताए । उनीहरुले एक सय दिन बराबरको ज्यालादारी काम प्राप्त गर्छन् । आइडिएको श्रोतबाट ४० जना सुचीकृत बेरोजगार व्यक्तिहरुले ५० दिनको सीपमूलक तालिम र ५० दिन बराबरको रोजगारी प्राप्त गर्ने पनि उनले बताए । त्यसका लागि करीब २३ लाख बराबरको बजेट विनियोजन भएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP