prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जका सहकारीलाई सात दिने 'सहकारी लेखापालन तालिम'
नेपालगञ्जका सहकारीलाई सात दिने 'सहकारी लेखापालन तालिम'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ९, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जका सहकारीलाई सात दिने 'सहकारी लेखापालन तालिम'

नेपालगञ्ज । नेपालगञ्जका सहकारी संस्थाहरुलाई सात दिने 'सहकारी लेखापालन तालिम' प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्र भित्रका २५ वटा सहकारीलाई लेखापालन तालिम प्रदान गरिएको हो । चैत ३ देखि सुरु भएको तालिमको आज समापन गरिएको छ । 

सहकारीको वित्तीय अनुशासनलाई चुस्तदुरुस्त राख्न सघाउ पुर्याउने उद्देश्यका साथ सहकारी लेखापालन तालिम दिइएको सहकारी शाखा प्रमुख प्रबिण कुमार रानाले बताए । तालिमको समापन गर्दै आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले तालिमले सहकारीको लेखा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे । उनले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागू गर्न आग्रह गरे । 

May be an image of 6 people, people studying, dais and text

सात दिने तालितमा लेखापालनबारे शाखा प्रमुख राना, सहकारी प्रशिक्षक उमेश्वरनाथ डंगोल, नेप्स्कुन फिल्ड कार्यालय बाँकेका प्रमुख छत्र प्रसाद धमला, जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक नवराज उपाध्याय, नागरिक बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गोपाल थापा र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रकाश थपलियाले प्रशिक्षण दिएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

May be an image of 5 people, people smiling, dais and text

समापन कार्यक्रममा आर्थिक विकास समिति सदस्य संगिता रेग्मी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । त्यस अवसरमा प्रशिक्षार्थीद्वय सफल बहुउद्देश्यीय सहकारी संस्थाकी चम्पा कडायत र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थाका देवान थापाले तालिम अत्यन्त उपलब्धिमूलक भएको बताए । तालिमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले गरेका थिए । 

May be an image of 4 people, television and textMay be an image of 6 people, dais and text


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP