prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विश्व पानी दिवसको अवसरमा नेपालगञ्जमा पानीको चर्चा
विश्व पानी दिवसको अवसरमा नेपालगञ्जमा पानीको चर्चा
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत ९, २०८१ बागेश्वरी पोस्ट
विश्व पानी दिवसको अवसरमा नेपालगञ्जमा पानीको चर्चा

नेपालगञ्ज । विश्व पानी दिवसको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगञ्जको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा पानी विज्ञ रमेश गौतमले पानी, यसको महत्व, चुलिँदै गएको पानी संकट, समाधानका उपायका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

nepalgunj 081-082

शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्षता प्रा. डा. जनार्दन आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्राविधिक विश्वविद्यालयका विज्ञ सदस्य प्रा. डा. कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पानी र यसको महत्व तथा पानीका स्रोतहरुको संरक्षणमा देखिएको चुनौति र समाधानका उपायमाथि छलफल गरिएको थियो । 

May be an image of ‎2 people, body of water and ‎text that says '‎Water the Water Earth's surface. covers 70 9% Oceans Saline water hold 97% surface water सरत रवात विश्व पानी दिवस का अवसरमा आयोजित कार्यक्रम CleanWalerSyslems CkenlWatrisdtnsto.nsionenile for Enviromental Protection ndSanitation; SolidWosleManamement Solid SolidWasle Wasle Manamement Glaciers and polar ce caps cover 4° 6% لأ water below ground aquiters Ri.ers lakes and ponds 6% .េទ,() ্মতु- Ramesh Ramesh Hydrogeo आरोक्म:शाम्ंसरि आयोबक: शार्बत आचाय 0001% the ar as vapor. clouds and precipitation‎'‎‎

‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नूनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्दैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तरराष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ ।

संसारभर उपलब्ध पानीमध्ये २।५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ । 


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २१:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP