नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद व्यवस्थापनमा मानवीय क्लष्टर प्रणालीलाई सक्रिय बनाउन अभिमुखीकरण
विपद व्यवस्थापनमा मानवीय क्लष्टर प्रणालीलाई सक्रिय बनाउन अभिमुखीकरण
बागेश्वरी पोस्ट
सोमबार, चैत ११, २०८१ बागेश्वरी पोस्ट
विपद व्यवस्थापनमा मानवीय क्लष्टर प्रणालीलाई सक्रिय बनाउन अभिमुखीकरण

नेपालगञ्ज । नेपालगञ्जमा आज विपद जोखिम व्यवस्थापनका लागि मानवीय सहायता विषयगत क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा विपद व्यवस्थापनमा मानवीय क्लष्टर प्रणालीलाई सक्रिय बनाउने उद्देश्यले अभिमुखीकरण गरिएको हो । विपद पूर्व तयारीदेखि पुनःस्थापनासम्मको चरणलाई मानवीय मूल्यका आधारमा उचित व्यवस्थापनका लागि गठित विषयगत क्षेत्रको भूमिकाबारे चर्चा गरिएको छ ।

विपद विज्ञ केशबदत्त भट्टले विपद र मानवीय क्लष्टर प्रणालीबारे प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई चार समूहमा विभाजन गरी समूह कार्य गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा मानवीय सहायता कार्यक्रममा क्षेत्रगत अवधारणाको प्रभावकारिता, प्रभावकारी बनाउने उपाय, चुनौतिहरु, समाधानका उपाय तथा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको भूमिकाका बारेमा समूह कार्य गरेर राय संकलन गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

May be an image of 10 people and text

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विपद व्यवस्थापनका लागि गरिएका प्रयास र भावी कार्ययोजना सुनाउँदै नेपालगञ्ज पश्चिम क्षेत्रको विपदको भरोसा बन्नुपर्ने कारण पनि अझ बढी सक्षम हुनुपर्ने अवस्था रहेको बताए । उनले विपदमा आसपी साझेदारी र सहायताको बढी महत्व रहेकाले मावनीय क्लष्टर प्रणाली भूमिका धेरै हुने बताए । उपप्रमुख कमरुद्दिन राईले विपद व्यवस्थापनका क्षेत्रमा गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका विपद व्यवस्थापन समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायत विभिन्न विषयगत समिति संयोजक, सुरक्षा निकायका विपद फोकल पर्सनहरु, विभिन्न शाखा महाशाखा प्रमुख, सरोकारवालाको उपस्थिति थियो । युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

May be an image of 16 people, people studying and text


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP