prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा आगलागी हुँदा डेढ दर्जन घरगोठ जलेर नष्ट
नरैनापुरमा आगलागी हुँदा डेढ दर्जन घरगोठ जलेर नष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १२, २०८१ बागेश्वरी पोस्ट
नरैनापुरमा आगलागी हुँदा डेढ दर्जन घरगोठ जलेर नष्ट

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी हुँदा डेढ दर्जन घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ जयरामपुर्वामा आज दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ बढी  घरगोठ जलेर नष्ट भएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै हम्मेहम्मे परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष  शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गरिएको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए ।


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP