Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा भोलिदेखि दुई दिने रोजगार मेला आयोजना हुँदै
नेपालगञ्जमा भोलिदेखि दुई दिने रोजगार मेला आयोजना हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा भोलिदेखि दुई दिने रोजगार मेला आयोजना हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा भोलिदेखि दुई दिने रोजगार मेला आयोजना हुँदैछ । नेपालगञ्ज उद्योग बाणिज्य संघको आयोजना तथा बाँकेका स्थानीय पालिकाहरुसंगको सहकार्य र साझेदारीमा चैत १५ र १६ गते दुई दिने रोजगार मेला गर्न लागिएको हो । 

नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर रोजगार मेलाको तयारी पूरा भएको जानकारी दिइएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले रोजगार मेलामा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासंग सहकार्य र साझेदारी रहेको बताए । रोजगारदाता र बेरोजगार ब्यक्तिहरुलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेराजगारी समस्या समस्या कम गर्ने, विदेश पलायन न्यूनीकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको धामीको भनाई छ । 

मेलामा रोजगारदाताका ३५ वटा स्टल रहनेछन् । संघले सबै स्टल निःशुल्क उपलब्ध गराएको बताएको छ । मेलाबाट कम्तीमा १०० जनाले प्रत्यक्ष रोजगार पाउने अनुमान गरिएको छ । "रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्ति बीच सिधा सम्पर्क हुने भएकोले पनि मेला लगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने हामीले आशा गरेका छौं," अध्यक्ष धामीले भने-"रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि जनाउँदछौं ।"

त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासंग सहकार्य गरिने नेपालगञ्ज उद्योग बाणिज्य संघले जनाएको छ । पत्रकार सम्मेलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवि ओली, महासचिव भिम बहादुर रानाभाट लगायत पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो । 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP