नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा बाँके रोजगार मेला सुरुः बेरोजगारको लाग्यो लर्को
नेपालगञ्जमा बाँके रोजगार मेला सुरुः बेरोजगारको लाग्यो लर्को
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १५, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा बाँके रोजगार मेला सुरुः बेरोजगारको लाग्यो लर्को

नेपालगञ्ज । नेपालगञ्जमा बाँके रोजगार मेला सुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगञ्जमा आयोजना गरेको दुई दिने बाँके रोजगार मेलाको नेपालगञ्ज उपमहानगरपाालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओेलीले स्वागत मन्तव्य दिएको उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मेलाको सफलताको कामना गरेका थिए ।

मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो । संघका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीम बहादुर रानाभाटका अनुसार शुक्रबार जिल्लाका गाउँगाउँबाट आएका करिब ६ सय बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका थिए । आयोजकले रोजगार खोज्ने झण्डै तीन सय जनालाई फारम भर्न लगाएर रोजगारदाताका ४० वटा स्टलमा पठाएका थिए । रोजगारदाताको स्टलमा पनि झण्डै तीन सय जनाले फर्म भरेका थिए ।

शुक्रबार उद्योगका विषयमा संवाद गरिएको थियो । रोजगार मेलामा शनिबार कृषि र जडिबुटीको एउटा र पर्यटनको अर्को संवाद हुनेछ । संवाद लगत्तै रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्तिबीच अन्तर संवाद हुनेछ । संघका अध्यक्ष टंक बहादुर धामी बाँके रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्यामा अभियान सञ्चालन गर्ने बताउँछन् ।

संघले रोजगार मेलामा फर्म भरेका ब्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने योजना सुनाउँछन् । जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP