नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
एक अर्बको लगानीमा बन्दैछ नेपालगन्ज शाखा
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २२, २०८१ बागेश्वरी पोस्ट
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'

नेपालगञ्ज । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको स्वाद उत्सवको तयारी पूरा भएको जनाएको छ । पौवा ब्यवस्थापनले नेपालगञ्जमा आज पत्रकार भेटघाट गर्दै यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवको तयारी पूरा भएको जनाएको हो ।

स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । नवौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वाद उत्सव मनाउन लागेको हो । होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको पौवा व्यवस्थापनले जनाएको छ ।

यसैगरी स्वाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको होटल संचालकहरुको भनाई छ । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खारता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने पौकाका सिओओ कृष्ण गौतमले बताए ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुने गौतमले बताए । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको उहाँले जानकारी दिए । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको निःशुल्क स्वाद लिन पाउने गरी ब्यवस्था मिलाइएको गौतमले बताए ।

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाले नेपालगञ्जमा मात्र १ अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको जानकारी दिए । पौवाको विस्तारमा अहिलेसम्म बिभिन्न बैंकहरुको ८५ करोड लगानी भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले लगानीकर्ताहरुले झण्डै ४० करोड लगानी गरेको बताए । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भइरहेको छ,’ उनले भने ।

नेपालगञ्जमा पाँच तारे होटल ‘पौवा वेष्टर्न’को पहिलो चरणको काम सम्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार नेपालगञ्जमा मुख्य आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तरराष्ट्रिय सुबिधा रहने उनले बताए । होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्ज शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिए । नेपालगञ्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने उनले दाबी गरे ।

स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ । लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ । त्यसैगरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको छ । १ वर्षभित्र पाल्पाको झिँगामारामा पौवा बनवास रिसोर्ट संचालनमा आउने पौवा व्यवस्थापनले जनाएको छ ।

कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेको तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिंगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ । स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ,’ भण्डारीले भने ।

‘देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ, जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।’


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १७:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्नुस्'
'सहकारी खराब छन् भन्ने भाष्य बनेको छ, त्यसलाई खण्डन गरेर देशब्यापीरुपमा असल सन्देश प्रवाह गर्नुस्'
पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान
पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP