prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने
बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २९, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने

नेपालगञ्ज । बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आज बसेको बैठकले यो बर्षको गर्मीयाम सुरु भएसंगै आगलागी तथा वन-डढेलोका घटनाहरु बढ्ने जोखिम रहने हुदाँ त्यसको नियन्त्रणको लागि विभिन्न गतिविधिहरु गर्ने निर्णय गरेको हो । जस अनुसार आगलागी तथा वन-डढेलोका कारण धनजनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गरी वन-डढेलो तथा आगलागी रोकथाम प्रभावकारी बनाउन डिभिजन वन कार्यालयले कार्य योजना निमार्ण गरी लागू गर्ने, डढेलो तथा आगलागी नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतनाका अभियान सञ्चालन गर्ने, आगलागी तथा वन डढेलोको पूर्व तयारी तथा जोखिम न्यूनीकरणका लागि विभिन्न वन कार्यालयले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रसंगको समन्वयमा आगलागी नियन्त्रणका सामग्रीको व्यवस्थापन  गर्ने, जिल्लास्थित सबै स्थानीय तहहरुले आगलागी तथा डढेलोको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारणमार्फत जनचेतना बढाउने निर्णय गरिएको छ ।

nepalgunj 081-082

यसैगरी सहरी क्षेत्रमा विद्युतीय आगलागीका घटनाहरु बढिरहेकाले कार्यालय, पसल, प्रतिष्ठान, कलकारखानामा आगो निभाउन फायर स्ट्रेगुंसर अनिवार्यरुपमा राख्ने, आफ्ना पसल, प्रतिष्ठान, कलकारखाना बन्द रहेको अवस्थामा रातीको समयमा विद्युतको मेन स्वीच बन्द गरी विद्युतीय आगलागीको जोखिम न्यूनीकरण गर्न उद्योग बाणिज्य संघले सन्देश प्रकाशन र प्रशारण गर्ने, सबै सामुदायिक तथा निजी बिद्यालयहरुमा आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धि सचेतना अभिबृद्धि हुने खालको अभियान सञ्चालन गर्ने, आगलागी नियन्त्रणसम्बन्धि श्रोत र सामग्रीहरु अद्यावधिक गर्ने निर्णय भएका छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको बैठकले दमकलसँग सम्बन्धित व्यक्तिहरु र सुरक्षा निकायको मुख्य टिमहरुलाई फायर इमरजेन्सी र फायर फाइटिंगसम्बन्धि तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि जिल्लाको अगुवाई गर्ने सहयोगी निकाय डिएलएसएले आवश्यक सहजीकरण गर्ने, बाँके तथा वर्दिया राष्ट्रिय निकुञ्जमा हरेक वर्ष आगलागी तथा वन-डढेलो भइरहने र त्यसको प्रभाव नजिकको समुदायहरुमा पर्ने भएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरुसँग समन्वय गरी दुवै राष्ट्रिय निकुञ्जलाई अनुरोध गर्ने, आगलागी तथा वन-डढेलो नियन्त्रणका लागि हाल जिल्लामा रहेका सवै दमकललाई चौबिसै घण्टा परिचालन हुन सक्ने गरी सवारी चालक, इन्धन, पानीसहित तयारी अवस्थामा राख्न सम्बन्धित नगरपालिका र गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । गर्मी मौसम सुरु भइसकेको अवस्था तथा आगलागी, वन-डडेलो, तातो हावा (लू), हावाहुरीको जोखिम बढी हुने भएकाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लू) तथा वन डढेलो पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ बारे बैठकमा छलफल गरी योजनाका सन्दर्भमा प्राप्त सुझावलाई समेटिने गरी परिमार्जनसहित अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै स्थानीय तह, सरोकारवाला सवै निकायले आ-आफ्नो जिम्मेवारी अनुसार पूर्व तयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वर्ष अद्यावधिक गरी तयार पार्ने जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ को १९‌औं संस्करण अद्यावधिक गर्नुका साथै मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ बैशाख मसान्तभित्र तयार गर्ने, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा योजना निर्माण तथा छपाई सहयोग नेपाल रेडक्रस सोसाइटी बाँके शाखा, वी ग्रुप, केयर नेपाल, सेभ द चिल्ड्रेन, एसडिएफले प्राविधिक सहयोग गर्ने, सबै विषयगत क्षेत्रले पनि गत वर्षझै बैशाख मसान्तभित्र अद्याविधक विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलव्ध गराउने, स्थानीय तहहरुले तयार गर्नुपर्ने स्थानीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न अनुरोध गर्ने र सो कार्यमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरिएको छ । 

यस्तै बैठकले यही चैत्र २७ राती आएको हावाहुरी तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिमार्फत २०८१ पौषदेखि हालसम्म आगलागीबाट प्रभावित ६ घरधुरीलाई ३५ हजार ५ सय रुपैयाँ राहत रकम वितरण भएको र डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बनकट्टी 'ख' मा रहेको भवनमा क्षति भई जिल्ला विपद व्यवस्थापन समितिको मौज्दातमार्फत २ थान टेन्ट र ४ थान त्रिपाल उपलव्ध गराइएकोले उक्त राहत रकम तथा सामग्री वितरण कार्यलाई अनुमोदन गरिएको छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा गत फागुन २५ गते बसेको अन्तरपालिका समन्वय बैठकबाट विपद व्यवस्थापन सम्वन्धमा भएको अन्तरपालिका साझा समझदारी पत्रका बारेमा बैठकमा जानकारी आदानप्रदान गरिएको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, अन्य पालिकाका विपद हेर्ने प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । 
 
 


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १८:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP