Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ३०, २०८१ बागेश्वरी पोस्ट
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति

नेपालगञ्ज । युवा पुस्तामाझ चर्चित गायक छेवाङ लामा पहिलोपटक नेपालगञ्जमा गुन्जने भएका छन् । जाउँ हिँड कान्छी, आउँदैछु हेर तिमीलाई लिन, एकोहोरो माया, लाहुरे, जाली रुमाल, जात जस्ता दर्जन बढी गीतका चर्चित गायक लामाले यसपटक आफ्नो ब्याण्ड दी क्रियटर्ससँगै नेपालगञ्जमा सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागतका लागि होटल सिद्धार्थले आयोजना गरेको न्यू इयर इभ सेलिब्रेशनमा सांगीतिक प्रस्तुति दिन गायक लामासहित उनको ब्याण्ड नेपालगञ्ज आउन लागेको सिद्धार्थ हस्पिटालिटीका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिए । होटल सिद्धार्थले हरेक वर्षझैं यस वर्ष पनि न्यू इयर इभमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा गायक लामा र ब्याण्डसंगै ओपनिङ एक्टमा द समय ब्याण्डको प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न आकर्षक नृत्यहरुको प्रस्तुति समेत राखिएको छ । त्यस्तै अन्तिममा दर्शकहरु झुमाउन चर्चित महिला डिजे पिज्जालाई समेत नेपालगञ्ज बोलाइएको होटल सिदार्थ नेपालगञ्जका जनरल म्यानेजर बद्री कोइरालाले जानकारी दिए । चेत्र ३१ गते आइतबार साँझ ६ बजेबाट सुरु हुने कार्यक्रम मध्यरात १२ बजेसम्म चल्नेछ । कार्यक्रममा करीब छ सय दर्शक सहभागी गराउने आयोजकको लक्ष्य छ ।

होटलले कार्यक्रमका बारेमा जानकारी दिन शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले नयाँ जोश, जाँगर र उत्साहका साथ नयाँ वर्ष मनाउन यसपटक पनि सांगीतिक कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए । पारिवारिक वातावरणमा २०८१ को सुखद विदाई र २०८२ को मिठो स्वागतका लागि होटलले आयोजना गर्न लागेको कार्यक्रममा सहभागिताका लागि उनले सबैमा आग्रह समेत गरेका छन् ।

उक्त कार्यक्रममा सहभागी हुन बयस्क र बालबालिकाको लागि निश्चित शुल्क तोकिएको छ । वयस्कका लागि २ हजार र ५ वर्षदेखि १२ वर्षका लागि १ हजार पाँच सय रुपैयाँ लिइने होटलका जनरल म्यानेजर कोइरालाले बताएका छन् । सोही टिकटमा सहभागीलाई स्वागत पेय एक क्यान बियर वा जुस र स्न्याक्स प्रदान गरिनेछ । पाँच वर्षमुनिका बालबालिकालाई भने निःशुल्क प्रवेश दिइनेछ । कार्यक्रम सञ्चालन यस क्षेत्रका चर्चित उद्घोषक समिरमान श्रेष्ठले गर्नेछन् ।

लामो समयदेखि हस्पिटालिटीको क्षेत्रमा काम गर्दै आइरहेको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत होटल सञ्चालित छ । ग्रुप अन्तर्गत देशभर विभिन्न स्थानमा होटेल, रिसोर्ट , रेष्टुरेन्ट, क्याफेसहित ३४ बढी आउटलेटहरु सञ्चालन गर्दै आएको छ । अन्य आउटलेटहरुमा समेत चर्चित कलाकारहरुका साथ न्यू इयर इभ कार्यक्रमहरु आयोजना गरिएको छ ।


प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP