नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सुपरको तीन महिने समीक्षासंगै आगामी योजनाबारे छलफल
सुपरको तीन महिने समीक्षासंगै आगामी योजनाबारे छलफल
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १६, २०८२ बागेश्वरी पोस्ट
सुपरको तीन महिने समीक्षासंगै आगामी योजनाबारे छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को त्रैमासिक बैठक आज सम्पन्न भएको छ । बैठकमा सुपरका राजु अधिकारीले सन् २०२५ को जनवरीदेखि मार्चसम्म सम्पन्न गरिएको गतिविधिका बारेमा जानकारी गराउँदै आगामी तीन महिना अर्थात अप्रिलदेखि जुनसम्म गरिने कार्यक्रम तथा योजनाबारे अवगत गराए ।

उनले नेपालगञ्जमा आवासीय बीमा कार्यक्रमको शुभारम्भ, विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत कृत्रिम घटना अभ्यास, स्थानीय तहबीच ज्ञान आदानप्रदान, घरेलु आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास, विभिन्न कलष्टरका आधारमा गरिएका छलफल र अन्तरक्रिया, कञ्चनपुरको बेलौरी नगरपालिकाले नेपालगञ्ज उपमहानगरपालिकामा भएका विपद सम्बन्धि असल अभ्यासबारे लिएको स्थलगत जानकारी लगायतका गतिविधि सम्पन्न गरिएको बताए । नगर प्रमुख प्रशान्त विष्टले विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको कामलाई प्रभावकारी बनाउन उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउँदै सुपरसंगको सहकार्यले विपद व्यवस्थापनमा सघाउ पुगिरहेको उल्लेख गरे ।

बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख डाँगीले तातो हावाको प्रकोप (लू) प्रतिकार्यका लागि भइरहेको प्रयास र साझेदारीबारे जानकारी गराएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । नेपालगञ्जमा रेडक्रससंगेको सहकार्यमा कुलिंग सेन्टर निर्माण भइरहेको छ । बैठकमा विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायत विभिन्न शाखा-महाशाखाका प्रमुख एवम् प्रतिनिधि तथा रेडक्रसका केन्द्रिय प्रतिनिधिहरुको समेत उपस्थिति थियो । 

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP