नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका विभिन्न स्थानमा सिसी क्यामेरा जडान
राप्तीसोनारीका विभिन्न स्थानमा सिसी क्यामेरा जडान
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १८, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीका विभिन्न स्थानमा सिसी क्यामेरा जडान

बैजापुर (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानका चोकमा सिसी क्यामेरा जडान गरिएको छ ।दुर्घटना न्यूनीरण र पहिचान, अपराधिक क्रियाकलाप निगरानी लगायत शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

प्रवक्ता खड्काका अनुसार यसअघि नै राप्तीसोनारी-४ को बैजापुर चोक र वडा कार्यालय अगाडि सिसी क्यामेरा जडान भइसके पनि अहिले आएर वडा नम्बर ३ भवनियापुर र वडा नम्बर ५ को बिनौना चोकमा सिसी क्यामेरा जडान गरिएको हो । जडान गरिएका सिसी क्यामेराको कन्ट्रोल भने सिधै वडा कार्यालयबाट हुने खड्काले बताए । प्रवक्ता खड्का भन्छन्, 'नयाँ बनेको हुलाकी सडकखण्डमा दुर्घटना हुने र भागेर जाने सवारीसाधनको समेत पहिचान गर्न नसक्ने अवस्थामा सहज हुने र विभिन्न अपराधिक क्रियाकलाप समेत नियन्त्रण तथा निगरानीका लागि सिसी क्यामेराबाट ठूलो मद्दत पुग्नेछ।

राप्तीसोनारी-४ स्थित इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक बाल बहादुर घर्तीले विभिन्न चोकमा जडान गरिएका सिसी क्यामेराले धेरै कुरामा मद्दत पुग्ने बताए । समाजमा हुन सक्ने विभिन्न किसिमका अपराध नियन्त्रण तथा निगरानी र अनुसन्धानका लागि समेत सिसी क्यामेराले ठूलो सहयोग गर्ने वरिष्ठ सई घर्तीले जानकारी दिए । साथै सिसी क्यामेराले दुर्घटना न्यूनीकरण गर्न र  स्थानीयले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण बनाउने सई घर्तीले बताए। उनले भने, 'कुनै त्यस्तो अनुसन्धान गर्नुपर्ने भएमा सम्बन्धित वडा कार्यालयमा गएर आफैंले नै सिसी क्यामेरामा कैद भएको दृश्य हेर्छौं । 

राप्तीसोनारीमा बेलाबेलामा हुने घटना अब सिसी क्यामेरा जडान भएपछि क्यामेराको निगरानीमा आउने हुँदा त्यस्ता खाले घटनामा कमी आउने बिनौनाका स्थानीय तथा शिक्षक शेखर रावत बताउँछन् ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP