नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाले बैशाख २५ गते भब्यरुपमा मनाउँदैछ १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले बैशाख २५ गते भब्यरुपमा मनाउँदैछ १२औं स्थापना दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १९, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले बैशाख २५ गते भब्यरुपमा मनाउँदैछ १२औं स्थापना दिवस

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाले वैशाख २५ गते आफ्नो १२औं स्थापना दिवस भव्य समारोहका बीच मनाउँदैछ । नगरपालिकाले स्थानीय कला संस्कृतिको उत्थान, निजी क्षेत्रसँगको साझेदारी र क्रियाशील व्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवसलाई उत्सवकै रुपमा मनाउन लागेको १२औं स्थापना दिवस सचिवालय उपसमिति संयोजक विरेन्द्र कुमार शाहले बताए ।  आज आयोजित पत्रकार सम्मेलनमा दिवसलाई भव्य र सभ्य बनाउनका लागि नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति, वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा सचिवालय उपसमिति, वडा अध्यक्ष लाल बहादुर रानाको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडा अध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडा अध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाई उपसमितिमार्फत तयारी तीव्र पारिएको जानकारी दिइएको छ ।

स्थापना दिवसलाई भव्यता दिन वैशाख २१ गतेदेखि वैशाख २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको शाहले जानकारी दिए । पञ्चेबाजा, टप्पा, थारु, गन्धर्व, मयुर, खाँडो र ख्यालीसहितको स्थानीय मौलिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी, सा‌मूहिक नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारबीच भलिवल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएका छन् । 

यसैगरी उत्कृष्ट करदाता सम्मान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विद्यालय स्तरीय दौड, उत्कृष्ट खेलाडी सम्मान, विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिने बताइएको छ । स्थापना दिवसको दिन कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडस्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारिक कार्यक्रम आयोजना गरिने शाहले बताए  । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना प्रमुख अतिथिको रुपमा रहनेछन् । मुख्य समारोहमा कोहलपुर नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिनेछ । संयोजक शाहले स्थापना दिवस २०८२ लाई भव्यरुपमा सफल बनाउन सबै पक्षसँग सहयोग, सहकार्य र साझेदारीको लागि आग्रह गरेका छन् ।

शाहका अनुसार वैशाख २१ गते नृत्य प्रतियोगिता, वैशाख २२ गते कर्मचारी र जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारवीच भलिवल प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, वैशाख २३ गते महिला कर्मचारी, शिक्षिका, संघसंस्था, संचारकर्मीवीच भलिबल प्रतियोगिता, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, वैशाख २४ गते रक्तदान कार्यक्रम, विद्यालय स्तरीय दौड प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर र वैशाख २५ गते मूल समारोहका वीच स्थापना दिवस मनाइने, विहान ६:३० बजे पिपल चौतारादेखि प्रभातफेरी कार्यक्रम गरिनेछ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP