prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अधिवेशनको तिब्र तयारीमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया
अधिवेशनको तिब्र तयारीमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया
banijya office
जति बिरोध जनाएपनी त्यस्मा कुनै तुक छैन:थपलिया
बागेश्वरी पोस्ट
आइतबार, चैत २, २०७६ बागेश्वरी पोस्ट
अधिवेशनको तिब्र तयारीमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया

सिड्नी। पार्टी भित्रको आन्तरिक मनमुटाव र संगठनमा आफ्नैले आफ्नालाई सिध्याउने खेलले गर्दा गएका सबै निर्वाचनमा नेपाली कांग्रेसले ठूलो हार बेहोर्नु परेको थियो ।

nepalgunj 081-082

यो रोगबाट प्रवासमा बस्ने नेपाली कांग्रेस समर्थित नेपालीहरु समेत अछुतो रहन सकेनन् । बिशेषगरी नेपाली कांग्रेसको प्रत्यक्ष संस्था जनसम्पर्क समितिहरु समेत यस्ता बिवादमा तानिए । पछिल्लो समय पार्टीमा धेरै निर्णयहरु छलफल र सर्बसम्मतबाट गर्ने कार्यहरु भएका छन्।

एकतामा नै सबैको स्वार्थ पूरा हुने र संगठनको जित हुने यथार्थलाई बिस्तारै नेताहरुले व्यवहारमा लागू गर्न थालेका कुराहरुलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । विदेशस्थित जनसम्पर्क समितिहरुका बारेमा पार्टीले स्पष्ट नीति निर्देशन तयार गर्दै अधिवेशनका लागि गरेका निर्णयहरुले प्रवासका कांग्रेस समर्थितहरुलाई झन् उत्साहित बनाएको पाइएको छ । केही महिना अघि पार्टीको केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका कृष्ण गिरीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसिसिए) को अधिवेशन गर्न गराउन जिम्मेवारी तोकेपछि अष्ट्रेलियाका कांग्रेसीहरु खुसीका साथ अधिवेशनको तिब्र तयारीमा जुटेका छन् ।

पार्टीले जिम्मेवारी दिएको दिनदेखि आजका दिनसम्म निरन्तर छलफल र बहसबाट सबैलाई एकतामा बाँधेर चौथो अधिवेशन गर्ने प्रयासमा अध्यक्ष गिरीले बिशेष जोड दिनुभएको छ । नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थितिमा कार्यकर्ता भेला राख्ने, सबैका कुरा सुन्ने, काम गर्न चाहनेहरुका लागि एक्सप्रेस अफ इन्ट्रेष्ट मागेर सबैलाई संगठनमा काम गर्न ढोका खुल्ला गर्ने, पद्धति र प्रक्रिया अनुरुप असन्तुष्ट ग्रुपहरुसंग छलफल गर्ने, राम्रो अधिवेशन सम्पन्न गर्न अष्ट्रेलियाका प्रतिष्ठित, अनुभवी र संगठनमा लामो समयदेखि सहयोगी रहेका व्यक्तिहरुलाई संलग्न गराएर समिति निर्माण गरी सुझाब प्रतिवेदन तयार पर्ने जस्ता संगठनका हितका लागि चरणबद्ध रुपमा कार्य सम्पादन गरेको पाइएको छ ।

फलस्वरुप गिरीले करिब ४ महिनाको गृहकार्यपछि अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गर्दै संगठन निर्माण गर्नुभएको छ । वर्तमान अवस्थामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा एक सदस्यीय मात्र समिति भएकाले अष्ट्रेलियाका आठ ओटै राज्यमा समिति विस्तार गरी संगठन निर्माण गरिनु अति आवश्यक थियो । जसले गर्दा समयमा अधिवेशन गर्न गराउन सहजता प्रदान गरोस् । अध्यक्ष गिरीले चौथो अधिवेशन सम्पन्न गर्न गराउनका लागि राज्य अधिवेशन तयारी समिति, बिधान संशोधन समिति र निर्वाचन समितिमा जिम्मेवारी तोक्नुभएको छ।

राज्य अधिबेशन तयारी तथा तदर्थ समितिका संयोजकहरुमा क्रमशः एनएसडब्लु (सिड्नी) संयोजक सितल गिरी, भिक्टोरीया (मेलवर्न) संयोजक रमेश छत्कुली, क्वीन्सलेण्ड (ब्रिसवेन) संयोजक अभिमानसिंह बस्नेत, साउथ अष्ट्रेलिया (एडिलेड) संयोजक दिलिप पोखरेल, वेष्टर्न अष्ट्रेलिया (पर्थ) संयोजक नील थपलिया, नदर्न टेरिटोरी (डर्विन) संयोजक सिजन गिरी, क्यानवेरा–क्वीनविन (एसिटी) संयोजक भागिरथ सापकोटा र ताजमानिया संयोजक प्रमोद सापकोटा (टेक) रहनुभएको छ । त्यसैगरी केन्द्रिय निर्वाचन समिति संयोजक गणेश केसी र विधान संशोधन समिति संयोजक निरज श्रेष्ठ रहनुभएको छ ।

सल्लाहकार समिति र अन्य उपसमिति गरी करिब २ सय भन्दा बढी व्यक्तिहरुलाई जिम्मेवारीमा समावेश गराएर एकताको सन्देश नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले दिएको छ । पछिल्लो समय एनआरएनएको निर्वाचनमा राजनीति घुसाई व्यापार गर्ने, उमेद्वारहरुलाई तनाब दिई खाई पिई मोज मस्ती गर्नेहरुका लागि भने संगठनमा आएका सुधारका कार्यक्रमहरुले टाउको दुःखाएको छ ।

प्रवासमा बसेता पनि व्यक्तिगत रिसराग, व्यापारमा ग्राहकहरुको तानातानी, काम तथा व्यापारबाट सन्तुलित आर्जन गर्न नसक्दाका पीडाहरुले संगठन र समुदायलाई फुट गराउँदै लगेको देखिएको छ । आफूले भनेको सबै ठीक, ठीक नमाने बल प्रयोग गरेर भएपनि ठिक पार्छु भन्ने बिचारबाट संक्रमित भए जनसम्पर्कको समयमा अधिवेशन हुन दिँदैनन् कि भन्ने शंका भएको देखिएको छ । समयमा अधिवेशन गर्न सकेको अवस्थामा भने गलत सोच र कार्य गर्छु भन्नेहरुको व्यवसाय भने बन्द हुनेमा अधिकांशको बिचार रहेको छ । संगठन दरो भएमा बिशेषगरी एनआरएनएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचनमा पक्ष र बिपक्षका दुबै उमेद्वारबाट आर्थिक लाभ लिन खोज्नेहरुको सक्रियातामा भने कमी आउने पक्का देखिएको छ ।

अन्ततः जनसम्पर्क समिति अष्ट्रेलियाले चौथो अधिबेशन सम्पन्न गर्नको लागि सबै राज्यहरुमा पार्टी केन्द्रको निर्देशन अनुसार संयोजक र निर्वाचन तयारी समिति गठन सम्पन्न गरेको संयोजक कृष्ण गिरीले बताउनुभएको छ । बजारमा नकारात्मक सन्देश प्रवाह गर्दै विभिन्न कोठे बैठकबाट गठन गरिएको जनसम्पर्कको प्याड प्रयोग गरी बिरोध जनाएपनि त्यसमा कुनै तुक नरहेको महाधिबेशन प्रतिनिधि तथा जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलियाले बताउनुभयो ।

जिपी फाउण्डेशन वसियानाका संयोजक रमेश छत्कुली भन्नुहुन्छ, ‘केही डेमोक्रेटिक साथीहरु एनआरएनएको चुनावमा हामीले जिताएर देखाइसकेका छौं, यसकारण पनि हामी हावी हुनुपर्छ भन्दै आफैंमा लज्जास्पद कुरो गर्छन्, एनआरएनए र जनसम्पर्क भिन्न संस्था हो, त्यसो भए एनआरएनए जिताउने साथीहरु उतै लागे भयो नि.... किन जनसम्पर्कमा भाँडभैलो गर्ने ?’ त्यस्तै नेविसंघका पूर्व सल्यान जिल्ला अध्यक्ष तथा जिपी फाउण्डेशनका सल्लाहकार राजिब केसी भन्नुहुन्छ, ‘चाहना हुने ब्यक्तिहरुले निर्वाचनमा भाग लिएर पद लिए भयो, किन दुनियाँ हँसाएर हुँदै नभएको जनसम्पर्कको नाममा विवाद निकाल्नुपर्यो ।’

जनसम्पर्क मिलाउन दिनरात छलफल, सहमति, सहकार्य गरिरहेको बताउँदै युवा नेता सितल खाँडले कतिपयले विहान सुर्योदय भएदेखि बेलुका सूर्यास्त नहुँदासम्म विगार्ने खेल मात्र गर्ने गरेको टिप्पणी गर्नुभयो । अधिवेशन तयारीमा सबै जुटिसकेको अवस्थामा अनावश्यक बखेडा निकाल्नुको कुनै तुक नभएको भन्दै जनसम्पर्कका अभियन्ता गणेश केसीले प्रजातन्त्रमा विश्वास गर्ने र विधि तथा बिधानलाई सर्वोपरी ठान्ने लोकतन्त्रबादीहरु अधिवेशनलाई सभ्य र भव्य बनाउन लाग्नुपर्ने बताउनुभयो ।

यता ऐडीलेडका दिलीप पोखरेलले हैसियत भन्दा माथि उफ्रिएर केही प्रभाव नपर्ने भएको हुँदा अधिबेशनबाट सबै कुराको छिनो फानो गर्ने बताउनुभयो।यस्तै अधिवेशन सव्य र भव्य रुपमा सफल बनाउनु सबै लोकतंत्रबादी शक्तिहरु एक ठाउमा उभिनु को बिकल्प नभएको र अधिवेशनले नै सबै रिक्तता र तिक्कता को सम्बोधन गर्ने ब्रिसबेनमा बसोबास गर्दै आइरहेका अभीमान बस्नेतले भन्नुभयो।


प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १९:३३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP